logo

वीरगंज तोडफोडको प्रक्रिया प्रति कडा आलोचना,कसको आदेशमा भयो तोडफोड ?

 इसीमाना सम्वाददाता     २०८३ बैशाख ६ गते ०५: ०६ मा प्रकाशित     379   पटक पढिएको

वीरगंज । करिब १२ घण्टाको अल्पकालीन र अपुरो सूचनाको आधारमा वीरगंज शहरका मुख्य सडक छेउका घरहरु भत्काइए ।

 

त्रिभूवन राजपथको दायाँ वाँया २५/ २५ मिटरको अतिक्रमण हटाउने नाममा घरहरु भत्काइएका हुन । नेपालको पहिलो राजमार्ग त्रिभूवन राजपथले बीरगंज काठमाण्डौलाई जोड्छ । सन १९५३ बाट निर्माण शुरु भएर १९५६ मा निर्माण सम्पन्न भएको हो ।

 

राजपथको राइट अफ वे भने सडकको वीच केन्द्रबाट दायाँ र बायाँ २५/२५ मिटर कायम रहेको छ । सडक बिभागले जारी गरेको सूचनामा यही उल्लेख छ ।

 

बितेका १३ वर्षदेखि वीरगञ्जको मेनरोडको अतिक्रमण हटाउने र जोगाउने वीचको रोचक खेलको पटाछेप भएको छ ।

 

अदालतमा अहिले पनि एकाध मुद्धाहरु  रहेका छन । सर्वोच्च अदालतमा मुद्धा पुनरावलोकनको अनमुती पाएको वीरगंज महानगरपालिका वडा नं ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताले जानकारी दिए ।

 

 सडकको अतिक्रमण हटाइनुलाई आधुनिक वीरगंज निर्माणकोलागि प्रस्थान बिन्दुको रुपमा बुझ्नेहरुको संख्या ठुलै छ । तर वीरगंजको शहरी क्षेत्रको सडक चौडा गर्नकालागि अपनाइएको प्रक्रिया प्रति भने चर्को असहमती देखिएको छ ।

 

सरकारी संरचनाहरु मानवता बिरुद्धको हर्कतमा उत्रिएको भन्दै डोजर चलाउने कामको आलोचना भइरहेको छ ।

 

आुधुनिक वीरगंज निर्माणकालागि सडकको राइट अफ वे खाली गराउनु स्वभाविक नै हो तर  राज्यले आफनै नागरिकलाई कहि सहुलियत दिने कही नदिने गरेर दोहोरो मापदण्ड देखाउने कामलाई वीरगंजबासीले सहज र स्वभाविक रुपमा लिएका छैनन ।

 

अर्को रोचक कुरा त के छ भने सडकको राइट अफ वे रक्षा र संरक्षण गर्ने जिम्मा लिएका र पाएका कुनै पनि निकायले जारी गरेको सूचना र लेखेको पत्रमा सडकमा बनेका संरचनाहरु भत्काइने भनी उल्लेख भएको छैन ।

 

कुनै पनि निकायले सडकका दायाँ बायाँका संरचना भत्काइने भनेर  सूचना जारी नगरेपनि संरचनाहरु भने भत्काइएको छ । वीरगंजबासीहरुले भत्काउने कुरालाई स्वाभाविक रुपमा लिएपनि १२ घण्टे सूचनालाई भने पचाउन सकेका छैनन ।

 

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काडमाण्डौ, सडक डिभिजन कार्यालय हेटौडाले बैशाख ४ गते वीरगंज महानगरपालिकालाई लेखेको पत्रमा समेत सडकको अतिक्रमण हटाइने कुरा उल्लेख गरेको छैन ।

 

उसले लेखेको पत्रमा सडकको सीमाङक्न र रेखाङकनकालागि आवश्यक उपकरण र शान्ति सुरक्षा मिलाईदिन भने आग्रह गरेको छ । यही ब्यहोराको पत्र वीरगंज महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाई लेखेको छ ।

 

सडक डिभिजन र वीरगंज महानगरपालिकाको पत्रलाई आधार बनाएर जिल्ला प्रशासन कार्यालय पर्साले पनि बैशाख ५ गते एक सूचना जारी गरि सडकको दायाँ बायाँका संरचनामा रहेका पसलहरु र संरचना ६ गते बिहान ४.३० बजे सम्म खाली गर्न भनेको छ ।

 

खाली नगरे स्थानीय प्रशासनले आफै खाली गराउछ भन्ने कुरा सूचनामा उल्लेख छैन । कुनै सूचना वा पत्रमा  तोडफोडको पूर्व सूचना नभएपनि सडकको दायाँ बाँया तोडफोड गरिनुलाई “अमानवीय” भनिएको हो ।

 

 

सडक डिभिजन कार्यालय हेटौडाका प्रमुख गुरुप्रसाद अधिकारीलाई तपाईको कार्यालयले लेखेको पत्रमा सडक अतिक्रमणको रेखाङ्कन र सीमाङ्कन गर्ने कुरा लेखिएको छ  तर तपाईहरुले ठिक त्यसको बिपरित,भएको सरसमान हटाउने समय पनि नदिई तोडफोड किन गर्नु भयो भनी सोधिएको प्रश्नमा  उनले नेपाल सरकारको आदेशमा आफूहरुले तोडफेड गरेको बताए ।

 

सरकारी आदेश काहा छ रु जनताले हेर्न पाउनु पर्यो नी भनि थप सोधिएकोमा उनले परेको बेलामा देखाउछौ भन्दै आफू ब्यस्त रहेको बताएर कुरा टुङ्ग्याए ।

 

 नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अजय कुमार चौरसियाले पर्याप्त सूचना नदिई तोडफोड गरिनुलाई अमानवीयताको संज्ञा दिए । उनले लोकतान्त्रिक सरकारले  १२ घण्टे सूचनाको आधारमा आफनै नागरिकलाई यस्तो अमानवीय पीडा नदिने भन्दै सरकारको शैली निरंकुश भएको बताए ।

वीरगंज महानरपालिकाका पूर्व प्रमुख बिजय कुमार सरावगीले राज्यले आतंक सृजना गरेको बताए ।

 

उनले नगरवासी मानसिक रुपमा संरचना खाली गर्न त तयार नै थिए तर राज्यले अपनाएको शैली गैर न्यायीक भएको उनले बताए ।

 

उनले खाली गर्नकालागि हेटौडमा १५ दिनको समय दिएको स्मरण गर्दै वीरगंजबासीसंग अन्याय गरिएको बताउ ।  उनले वीरगंजबासीलाई धैर्यता राख्न समेत अपिल गरेका छन ।

IMG_1581.jpeg

 

May be an image of ticket stub and text

May be an image of text

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.