logo

१ सय रुपैया सम्मको खरिदारिमा कर लगाउने निर्णय सशस्त्र प्रहरीको होइनः डिआइजी ढकाल

 इसीमाना सम्वाददाता     २०८३ बैशाख ७ गते ०२: ३५ मा प्रकाशित     597   पटक पढिएको

वीरगंज ।  सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख कृष्ण ढकालले एउटा सुरक्षा निकायलाई समस्या पर्दा अर्को सुरक्षा निकायलाई पनि दुःख लाग्नु पर्ने बताएका छन  ।

 

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वार्टर वीरगंजको १९ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन ।

 

उनले जनताको जनधनको हितको रक्षाका निम्ति खटिएका सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेनाले फिल्डमा समन्वायत्मक रुपमा काम गर्नु पर्नेमा उनको जोड थियो ।

 

उनले काँमा भएको फूलीले जिम्मेवारीको बोध गराउने र छातीमा लगाएको तक्माले  इमान्दारितापूर्वक कार्य गर्न प्रेरीत गर्ने कुरालाई फौजले सदैव स्मरण गर्नु पर्ने ढकालले बताए । 


उनले संबिधान सभाको निर्वाचन सम्पन्न गराउनकालागि सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वार्टरले महत्पूर्ण भूमिका खेलेको उनले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सबै सुरक्षा निकायको सहभागितामा शान्तिपूर्ण निर्वाचन भएको भन्दै उनले प्रशंसा गरे ।


उनले सीमा क्षेत्रमा १ सय रुपैयाको खरिदारीमा पनि कर लिने सरकारी निर्णयलाई आफूहरुले कार्यान्वयन गर्नै पर्ने अवस्था रहेको बताए । उनले भने “ सीमापारिबाट गरिने १ सय रुपैया सम्मको खरिदारीमा कर लगाउने निर्णय सशस्त्र प्रहरीको , स्थानीय प्रशसानको होइन यो निर्णय राज्यको भएको हुनाले राज्यको निर्णय कार्यान्वयन गराउनु आफूहरुको जिम्मेवारी भएको बताए ।

 

उनले प्रत्यक्ष त होइन तर अप्रत्यक्ष रुपमा सरकारको यो निर्णय ब्यवहारिक नभएको संकेत गरे । उनले आफू भन्दा माथिल्लो निकाय समक्ष यस बिषयमा आफू निरन्तर सम्वाद र छलफलमा रहेको बताए ।

 

उनले पत्रकारहरुसंग आग्रह गर्दै के ब्यवहारिक हुन्छ त्यो कुरा संचारमाध्यम मार्फत उजागर गर्न आग्ह गरे । उधोगी ब्यवसायीलाई पनि उचित निकास के  हुन्छ पर्साका प्रजिअ मार्फत सरकारको ध्यानाकर्षण गराउन समेत उनले आग्रह गरे । 


१३ नम्बर गण हेडक्वार्टरका गणपति मोहन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

 

 कार्यक्रममा अमर प्रहरीका आश्रीत परिवार, कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत जवानहरु र सेवानिवृत कर्मचारीलाई पुरस्कृत र सम्मान गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारीले सांस्कृति प्रस्तुती गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.