logo

‘राष्ट्रिय स्वस्थ नागरिक पुरस्कार’ प्रदान गरिने

      5/8/2017 गते 00 00 मा प्रकाशित     1597   पटक पढिएको

काठमाडौँ, २५ वैशाख । नेपालमा पहिलोपटक ‘राष्ट्रिय स्वस्थ नागरिक पुरस्कार’ प्रदान गरिनेभएको छ । स्वास्थ्यका विषय अनलाइन र मासिक पत्रिकामार्फत जनतालाई सुसूचित गर्दै आएको स्वास्थ्य खबरपत्रिकाले यसै वर्षबाट ८५ वर्षभन्दा माथिका नागरिकबाट महिला र पुरुषलाई छनोट गरी सो पुरस्कार दिन लागेको हो ।

शारीरिक रूपमा तन्दुरुस्त, स्वस्थ जीवनशैली अपनाएकोे, क्रियाशील, स्वच्छ छवि भएको र विभिन्न माध्यमबाट सामाजिक सेवामा जुटेका ८५ वर्षमाथिका व्यक्तिले इमेलमार्फत सहभागिता जनाउन स्वास्थ्य खबरपत्रिकाले आह्वान गरेको छ ।


पत्रिकाको आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर हुने ‘हेल्थ अवार्ड’ कार्यक्रममा छनोट भएका एक–एकजना महिला र पुरुषलाई रु ५० हजार नगद पुरस्कारले सम्मानित गरिने स्वास्थ्य खबरपत्रिकाका प्रकाशक÷प्रधानसम्पादक अनिल न्यौपानेले जानकारी दिनुभयो ।

अवार्डमा सहभागिता जनाउन आजदेखि जेठ मसान्तभित्र स्वास्थ्य खबरपत्रिकाको कार्यालयमा वा इमेल कधबकतजथबपजबदबच२नmबष्।िअयm मार्फत आवेदन दिन सकिने बताइएको छ । सबै प्रक्रिया पुगेका तर आफँै आवेदन दिन असमर्थ भएमा परिवारका सदस्यले आफ्ना अभिभावकका तर्फबाट आवेदन दिन सक्नेछन् ।

आफ्नो स्वास्थ्यप्रति सचेत रहन तथा स्वस्थ र क्रियाशील जीवनयापनका लागि प्रेरणा दिने उद्देश्यले ‘राष्ट्रिय स्वस्थ नागरिक पुरस्कार’ प्रदान गर्न लागिएको प्रधानसम्पादक न्यौपानेले राससलाई बताउनुभयो ।

उहाँले भन्नुभयो – “अहिले पनि हाम्रो समाजमा स्वास्थ्य जीवनशैलीका कारण धेरै वर्ष बाँच्ने व्यक्तिहरू छन् । उनीहरूले अपनाएको दैनिक जीवनशैली अन्य व्यक्तिका लागि प्रेरणा बन्न सक्छ । खानपान, दैनिक क्रियाकलाप सुधार्न सकेमा धेरै उमेर बढ्दै गए पनि कसरी स्वस्थ्य बन्न सकिन्छ भन्ने सन्देश दिन यो अवार्डको अवधारणा ल्याइएको हो ।”

पुरस्कारका लागि खबरपत्रिकाले छनोट समिति पनि गठन गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका पूर्व अध्यक्ष डा गौरीशङ्करलाल दासको अध्यक्षतामा ज्येष्ठ नागरिक विशेषज्ञ डा रमेश कँडेल, डा सुवास प्याकुरेल र विनय लामा सदस्य रहनुभएको छ ।

स्वास्थ्य खबरपत्रिकाले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष ग्रामीण क्षेत्रमा योगदान पु¥याइरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी र अस्पताललाई ‘हेल्थ अवार्ड’ले सम्मान गर्दै आएको छ । सातौँ हेल्थ अवार्ड कार्यक्रम आगामी भदौ १६ गते काठमाडौँमा हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.