logo

जानकी मेडिकल कलेज बन्द हुँदा यस्को भविश्यमाथि प्रश्न

      5/26/2017 गते 00 00 मा प्रकाशित     1825   पटक पढिएको

जनकपुरधाम, १२ जेठ । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी र चिकित्सकको जारी आन्दोलनले कलेजको भविष्यमाथि प्रश्न उठेको छ ।


विगत १७ महिनाको तलब नपाएको भन्दै तीन महिनादेखि कलेज बन्द गरी आन्दोलनमा रहेका कर्मचारीले रकमको अभावले कष्टकर दिन बिताउन बाध्य भएको गुनासो गरेका छन् ।


रिपोट्र्स क्लब जनकपुरधाम शाखाले यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले रकम अभावको समस्याले जीवनयापन कठिन बनेको बताए ।


कलेजका सञ्चालकले कलेज र अस्पतालबाट भएको आम्दानी व्यक्तिगत व्यवसायमा लगानी गरेका कारण कलेजको सञ्चालनको सम्भावना झिनो हुँदै गएको आरोप कर्मचारीहरुले लगाए ।


कर्मचारी र चिकित्सकले पाउनुपर्ने तलव, सुविधा र सञ्चयकोषको रकम एक अर्ब भन्दा अधिक भइसक्दा पनि सञ्चालकले यसलाई व्यक्तिगत व्यवसायको स्रोत बनाएको आरोप सङ्घर्ष समितिका अध्यक्ष सुरेन्द्र पाठकले लगाउनुभयो ।


कलेजको आम्दानीबाट करिब रु १६ करोड सञ्चालक समूहले कलेजमा लगानी नगरी विमान सञ्चालनमा लगानी गरेकाले सञ्चालकको मनसाय गलत देखिएको समितिका उपाध्यक्ष सञ्जय चौधरीले बताउनुभयो ।

सञ्चालकले बक्यौता तलबमध्ये दुई महिनाको तलब तत्काल उपलब्ध गराइ बाँकीलाई प्रत्येक महिनाको किस्तामा पारेर क्रमशः भुक्तानी गरी कलेज सञ्चालन गर्न प्रहरीको सक्रियता बढाएकोप्रति कर्मचारीले विरोध जनाउँदै सञ्चालकसँग एकमुष्ठ तलब भुक्तानीको माग सहित बन्द कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।


यसैबीच सञ्चालक समूहका लामाले कलेज र अस्पतालमा कार्यरत चिकित्सक एवम् कर्मचारीलाई अस्पताल भवनमा गैरकानुनी ढङ्गले गरेको तालाबन्दी र बन्द कार्यक्रमलाई रोकी कामकाजमा फर्कन आह्वान गरेपनि सङ्र्घ समितिले कलेज अन्यलाई बिक्री गर्ने षड्यन्त्र भएको भन्दै यसप्रति सबैलाई सजग हुनआग्रह गरेका छन् ।


सो कलेजमा जेठ ४ गतेदेखि र अस्पतालमा फागुन २ गतेदेखि सम्पूर्ण कामकाज ठप्प भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.