logo

अछामको एउटा गाउँ जहाँ एड्सको विगविगी

हिम्मत हारेका छैनन् सर्वसाधारणले

      11/5/2017 गते 00 00 मा प्रकाशित     2307   पटक पढिएको

आदर्श र नमुना नाम गरेका किशोर–किशोरीलाई एचआइभी भएको कुरा अछामको एउटा विकट गाउँका हरेक वासिन्दालाई थाहा छ । यति मात्र होइन, यो खबर नजिकको बजारमा पनि डँढेलो सल्किए झै फैलिएको छ । जब कि त्यो बजार आइपुग्न चार दिन र चार रातको यात्रा तय गर्नु पर्ने विडम्बना छ ।  

गाउँका पुरुष भारतमा मजदुरी गर्न जान्छन् । यसैले अछामका विकट गाउँमा धेरैलाई एचआइभी संक्रमण छ । 
विश्व बैंकको एउटा तथ्याङ्कअनुसार काठमाडौँमा क्रियाशील यौनकर्मीभन्दा भारतबाट फर्किने नेपाली कामदारमा एचआइभी संक्रमण ८ प्रतिशतले बढी छ । 

आदर्श र नमुनाका बुबा कामका लागि भारत गएका थिए । घर फर्किँदा उनले जीवन धान्न पुग्ने पैसा ल्याउन त सकेनन्, परिवारका हरेक सदस्यको जीवन कमजोर बनाउने एचआइभी भाइरस शरीरमा बोकेर फर्किए । 
सार्पा नाम गरेका एक व्यक्ति सीतासँग विवाह गरेर कामका लागि भारत भाँसिएका थिए । उनी हरेक दुई वर्षमा घर फर्किन्थे । ५१ वर्षको उमेरमा उनी छैठौँ सन्तानको बाबु बने ।   

त्यति बेला श्रीमती सीताले सार्पाको चिउँडो अस्वभाविक रुपमा चाउरिएको देखिन् । गाउँ–गाउँमा रेडियोले एचआइभीबारे सचेतना फैलाइरहे कै थियो । लोग्ने अस्वभाविक रुपमा दुब्लाएको देखेपछि सीताले एचआइभी परीक्षण गराउने सुझाव दिइन् । नभन्दै, परीक्षण पोजेटिभ आयो । सीता र सार्पाबाट जन्मिएको दुई बच्चा आदर्श र नमुना एचआइभी पोजेटिभ भएको रिपोट केही दिनमै पत्ता लाग्यो । 

यति बेला सीता र सार्पलाई आफू एचआइभी संक्रमित भएकोमा चिन्तित थिएनन्। जति चिन्ता उनीहरुलाई आफ्नो सन्तान संक्रमित भएकोमा थियो । 

‘हाम्रो चहाना दुई सन्तानले एचआइभीको सरल उपचार पाउँन र समाजमा सम्मानित भएर जीवनयापन गर्न पाउनु भन्ने नै हो,’ दुबै भन्छन् । 

एचआइभी संक्रमितलाई नियमित औषधी सेवन गराएर सरल जीवनयापन गराउन सकिन्छ। तर, यी परिवारको सन्तानका लागि त्यो सम्भव छैन् । पहिलो त उनीहरुलाई स्वास्थ्य चौकी र्पुयाउनै कठिन छ । यसमा पनि नियमित औपधी सेवन गराउन नपाउँदा उनीहरु कमजोर भइरहेका छन् । दुई वर्षअघि छोरीलाई स्वास्थ्य चौकी लिएर जाँदा आमा भीरबाट लडिन् । भाँचिएको करङको कारण दुःखाई अझै बल्भिरहेको छ । छोरीलाई उपचार गराउन लाँदै गर्दा म भीरबाट लडेँ, करङ भाँचियो । अझै दुःखाई बल्झिने गरेको छ,’ सार्पले गुनासो गरे । 

सन्तानको मोहका कारण उनीहरु अर्थोपार्जनमा समेत लागेका छन् । ‘प्लान नेपाल’को सहयोगमा आधुनिक खेती गरेर उनीहरुले अर्थोपार्जन गरिरहेका छन् । नजिकको बारीमा उनीहरुले काउली, टमाटर करेला फलाएका छन् । 
अनार बेचेर पनि उनीहरु राम्रो आम्दानी गरिहरहेका छन् । तरकारी खेतीबाट आर्जन भएको पैसाबाट उनीहरु निकै खुशी छन् ।

‘पैसा कमाउन भारत जानुपरेको छैन् । परिवारको जीवन धान्न पुग्ने पैसा कमाएको छुँ,’ आफ्नो पौरख सुनाउँदै सार्पा भन्छन् । सार्पाले अहिले जागिर पनि पाएका छन् । ग्लोबल फन्ड नामक गैरसरकारी संस्थाले उनलाई सुरक्षित यौन सम्पर्कबारे सचेतना फैलाउने काममा खटाएको छ । सार्पा विना हिच्किचाहट आफ्नो काम गर्छन् । तर, गाउँका यूवाहरुको हप्की उनले धेरै पटक खेप्नुपरेको छ ।

‘हाम्रा श्रीमतीलाई अरुसँग यौनसम्पर्क गर्न उक्साउने । हामी नभएको बेला कण्डम किन वितरण गर्छौँ भन्छन्,’ गाउँले यूवाहरुको हप्की खाएका सार्पा भन्छन् ।
हप्कीका बाबजुद उनले आफ्नो काम छोडका छैनन् । गाउँले महिलामा सुरक्षित यौन सम्पर्कको सचेतना बढेकोमा नी खुशी छन् । ‘मेरो कामले उनीहरुमा चेतना विस्तार भएको छ । उनीहरु अब एचआइभी संक्रमित हुने छैनन् भन्नेमा ढुक्क छु,’ सार्पा भन्छन् ।

सीता र सार्पालाई अहिले एउटै चिन्ताले सताएको छ । उनीहरुको बच्चाको विवाह राम्रोसँग हुन्छ कि हुँदैन । 
तत्कालिन अवस्थामा उनीहरुको विवाह एचआइभी संक्रमित बाहेक अरुसँग हुन सक्दैन् । तर, आफूहरु आशावादी रहेको स्वयम सार्पा बताउँछन्, भन्छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.