logo

बीरगंज कारागारमा स्वास्थ्य शिविर अधिकांशमा छाला सम्बन्धी समस्या

      11/25/2017 गते 00 00 मा प्रकाशित     1967   पटक पढिएको

वीरगंज, ९ मंसिर 
वीरगंजको विर्तामा रहेको जिल्ला कारागारमा रहेका अधिकांस कैदी बन्दी छाला रोगबाट पीडित रहेको पाइएको छ । 
कारागार  भित्रको अव्यवस्थित बसाई र पानी स्वच्छ नहुँदा अधिकांशमा दाद जस्ता छाला सम्बन्धी रोग पाइएको यौन तथा छाला रोग विशेषज्ञ डा .मनिष प्रधानले बताए । 
धेरै जसोमा शरिरका विभिन्न भागमा दाद जस्ता छालासम्बन्धी रोग देखिएको छ । सरसफाइमा ध्यान नदिनु र पानी समेत स्वच्छ नहुँदा यस्तो रोग फैलने डा .प्रधान बताउछन् । 
जिल्ला कारागारमा शनिबार वीरगंज टेलिभिजनले आयोजना गरेको निशुल्क स्वाथ्य चेकजाँच शिविरमा सहभागि मध्ये अधिकांशमा छाला सम्बन्धी रोग देखिएको हो । 
यस्तै उच्च रक्तचाप, ग्याष्ट्रिक जस्ता रोगीको सख्या पनि उल्लेख्य रहेको बरिष्ठ फिजिसियन डा.निरज सिंहले बताए  । चिल्लो, पिरो तथा मसलायुक्त खाना बढी खानु, नियमित व्यायाम नगर्नु जस्ता बानिले मान्छेमा उच्च रक्तचाँप बढाउने गरेको डा . सिंहको भनाइ छ । यस्तै समयमा खाना नखानाले अधिकांशलाई ग्याष्ट्रिकको समस्या देखिने गरेको पनि उनले  बताए । 
कारागारमा मानसिक रोगीहरु पनि भेटिएको र उनीहरुको पनि उपचार गरिएको टेलिभिजनका प्रवन्धक दिपेश श्रेष्ठले जानकारी दिए । 
शिविरमा जिल्ला कारागारमा रहेका ५ सय २ जनाको चेकजाँच गरिनुका साथै निशुल्क औषधी समेत वितरण गरिएको कार्यक्रम संयोजक एवं सञ्चारकर्मी आविद हुसेनले जानकारी दिनए । 
बरिष्ठ फिजिसियन डा.निरज सिंह, सर्जन डा.मनोज गुप्ता, बरिष्ठ चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ एवं जेनरल फिजिसियन डा.सुमन प्रसाद, बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.लक्ष्मी गुप्ता, यौन तथा छाला रोग विशेषज्ञ डा.आरपी जैसवाल, डा. मनिष प्रधान लगायतले शिविरमा चेकजाँच गरेका थिए । 
कारागारमा कैद भुक्तान गरिरहेका सुनिता तामाङ, रुपा श्रेष्ठ, लक्ष्मी बस्याल, कृष्ण थापा, रामबाबु रौनियार, सुरेस लामा, जितेन्द्र ठाकुर, सागर खत्री लगायत ५ सय २ जनाको चेकजाँच गरिएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.