logo

बयोधा अस्पताल संचालनमा बिश्वस्तरीय स्वास्थ्य सेवा दिन्छौःसंचालक बैद्य

      10/4/2019 गते 00 00 मा प्रकाशित     2004   पटक पढिएको

बीरगंज १७ असोज ।
ढेड अर्वको लगानीमा निर्माण भएको नारायणी वयोधा अस्पतालले वीरगंजमा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने जनाएको छ ।
 एक सय पचास सैया क्षमताको यो अस्पताल अहिले पचास सैयामा सञ्चालन भइरहेको  संचालक  प्रतिष्ठित उद्योगपति अशोक बैधले बताए ।


१ सय ५० शैयाको अस्पतालमा विगत डेढ महिनादेखि ५० बेडको सेवा सञ्चालनमा छ । केहि दिनमै पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको बताइएको छ ।


मध्य तराईका नागरिकलाई गुण्स्तरीय स्वास्थ्य सेवा दिनकालागि अस्ताल संचालनमा ल्याइएको बैद्यले बताए । उनले बयोधाको संचालनले उपचारकोलागि देशका अन्य भाग  र बिदेश जानु पर्ने अवस्थाको अनत्य हुने बिश्वास ब्यक्त गरे ।

 

उनले मुनाफा आर्जन गर्नकालागि अस्पताल संचालन नगरिएको बताउदै अस्पताल संचालनको पछाडिको उद्धेश्य बिशुद्ध मानव सेवा  रहेको बताए । उनले उपचारकोलाग यस भेगका नागरिकले सास्ती खेप्नु नपरोस र बाहिर जानु नपरोस भन्ने चाहेको बताए । उनले  नाफा आर्जनकालागि अन्य ब्यवसायहरु रहेको जानकारी दिए ।


अस्पतालमा आपतकालीन मेडिकल उद्धारको लागि हेलीप्याड क्रिटिकल केयर एम्बुलेन्स सेवा रहेको छ ।


 अस्पतालले एउटै छानामुनि बिरामीलाई उत्कृष्ट सेवा उपलब्ध गराउन बेष्ट मेडिकल स्किल, उत्कृष्ट निदान र चिकित्सीय उपकरण एवं पूर्वाधार, उत्कृष्ट अभ्यास र प्रक्रियाहरू अवलम्बन गरेको अस्पतालका रवी चौधरीले जानकारी दिए ।

 

वयोधा नारायणी अस्पतालमा मुटु, रेडियोलोजी र ल्याब अनुसन्धानका लागि आवश्यक पर्ने सम्पूर्ण अत्याधुनिक उपकरणहरु जडान गरिसकेको उनले बताए ।


बयोधा अस्पतालले  वीरगंजमा रहेको अन्य अस्पतालहरुको शुल्क जस्तै आफनाृ शुल्क हुने तर सेवा धेरै गुणस्तरीय रहने दावी गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.