logo

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको बैठक प्रारम्भ

 इसीमाना सम्वाददाता     २०७८ भदौ २१ गते ०७: ०७ मा प्रकाशित     1033   पटक पढिएको

 

उत्थानशील स्वास्थ्य प्रणालीहरू निर्माण गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न स्वास्थ्य क्षेत्रका नेतृत्व प्रदायकहरूको थप प्रतिबद्धताको माग गर्दै विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको चौहत्तरौं बैठक आज शुरु भएको छ ।

यस क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनलाई शासन गर्ने निकायको रूपमा रहेको यस वार्षिक बैठकको उद्घाटन गर्दै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले भन्नुभयो, “हाम्रा स्वास्थ्य प्रणालीहरूले अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि महत्वपूर्ण निर्णयहरू लिनका लागि यो बैठक आयोजना गरिएको छ । मानवताका लागि हामीले खोप, औषधि, औजार तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक छ । पहुँच नपाएकाहरूसम्म पुग्ने हाम्रो प्राथमिकता हुुनुपर्छ,”।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेद्रोस अधानोम घेब्रेसियसले भन्नुभयो, “कोभिड–१९ महामारीले अभैm पनि जीवन, जीविका, समाज तथा अर्थतन्त्रमा क्षति पु¥याइरहेको छ । दक्षिण–पूर्वी क्षेत्रमा गत मे महिना विनाशकारी रूपमा नै सङ्क्रमणको संख्या बढेकोमा हाल आएर सङ्क्रमण तथा मृत्युको संख्यामा कमी आएको देख्दा मलाई हर्ष लागेको छ । तथापि, देशपिच्छे र ठाउँपिच्छे फरक फरक अवस्था विद्यमान छ र केही स्थानहरूमा तीव्र संख्यामा सङ्क्रमण वृद्धि भइरहेको र अस्पतालहरू भरिएको अवस्था छ ।।।हामीले अब भविष्यमा फेरि यस्तो ठूलो महामारी हुन दिनु हुँदैन । र हामीले यस्तो ठूलो परिमाणमा अन्याय हुन दिनु हुँदैन ।”

क्षेत्रीय निर्देशक डा। पूनम खेत्रपालले भन्नुभयो, “कोभिडले हाम्रा स्वास्थ्य प्रणालीहरूलाई निकै ठूलो क्षति पु¥याएको छ । सेवाहरू अवरुद्ध भएका छन् र स्वास्थ्यकर्मीहरू गलेका छन् । हाम्रो सामुन्ने बहुमुखी चुनौती छ । हामीले स्वास्थ्यमा गुमाएका उपलब्धिहरूलाई पुनः प्राप्त गर्नु छ, क्षमता गुमाएका स्वास्थ्य प्रणालीहरूलाई पुनः निर्माण गर्नुछ, र यो सबै हामीले यस्तो अवस्थामा गर्नुछ जुन बेला सबै देशका सरकारहरूको राजस्वमा ठूलो दबाब सिर्जना भएको छ ।”

यस क्षेत्रका सदस्य राष्ट्रहरूका स्वास्थ्य मन्त्री तथा स्वास्थ्यका उच्च पदाधिकारी, संयुक्त राष्ट्र संघका निकाय, साझेदार, दातृ निकाय, तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहने यस पाँच दिने भर्चुअल सत्रमा जनस्वास्थ्य आपत्कालको तयारी तथा प्रतिकार्यको सुदृढीकरण कसरी गर्ने तथा नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा भएको प्रगतिलाई कसरी अझ दु्रत बनाउने भन्ने लगायतका स्वास्थ्यसम्बन्धी मुद्दाहरूमा छलफल हुनेछ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने उद्देश्यका साथ कोभिड–१९ महामारीले क्षति पु¥याएका अत्यावश्यक स्वास्थ्य सेवाहरूको ‘अझ राम्रो पुननिर्माण’ विषयमा भोलि मन्त्रीस्तरीय गोलमेच हुने कार्यक्रम छ ।

छलफल हुने अन्य मुख्य मुद्दाहरूमा खोपको कार्ययोजनाका लागि क्षेत्रीय खाका, विद्यालय स्वास्थ्यको पुनरुत्थान, र भाइरल हेपाटाइटिस्, एचआईभी तथा यौनजन्य सङ्क्रमणको अन्त्य रहेका छन् ।

क्षेत्रीय समितिको गत बैठकमा गरिएका प्रतिबद्धताहरू – सन् २०२३ सम्ममा दादुरा तथा रुबेलाको उन्मूलन, अत्यावश्यक स्वास्थ्य सामग्रीहरू माथिको पहुँचमा अभिवृद्धि, तथा प्राथमिक स्वास्थ्य चौकीको स्तरमा नसर्ने रोगहरू सम्बन्धी सेवाहरूको प्रवाहलाई तीव्र बनाउन स्वास्थ्य प्रणालीको सुदृढीकरणका सम्बन्धमा भएका प्रगतिहरू उपर पनि बैठकमा छलफल हुनेछ ।

विश्वको एक–चौथाइ जनसंख्याको बसोबास रहेको यस क्षेत्रको रोगभार भने तुलनात्मक रूपमा उच्च रहेको छ । यस क्षेत्रले सन् २०२३ सम्ममा दादुरा तथा रुबेलाको उन्मूलन गर्ने, बहुक्षेत्रीय नीति तथा योजनाको माध्यमबाट नसर्ने रोगहरूको सम्बोधन गर्ने, मातृ, नवजात शिशु, तथा पाँच वर्षभन्दा मुनिको बालबालिकाको मृत्युदर न्यूनीकरणलाई थप गति दिने, स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई बढाउने, एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई उल्टाउने, आपत्कालीन जोखिम व्यवस्थापन क्षमतालाई अभिवृद्धि गर्ने, वास्ता नगरिएका ट्रपिकल रोगहरू उन्मूलन गर्ने र क्षयरोग अन्त्य गर्ने जस्ता विषयहरूलाई प्राथिमिकता दिँदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.