logo

लाखौको लागतमा प्लान्ट जडान तर उत्पादन शून्य, प्रभावकारी सेवाबाट बिरामी बन्चीत 

 इसीमाना सम्बाददाता     २०७८ भदौ २७ गते ०४: ५१ मा प्रकाशित     1452   पटक पढिएको

वीरगञ्जको नारायणी अस्पतालमा अक्सिजन ग्यास प्लान्ट जडान भएको  भएको दुई साता पुग्न लागे पनि प्लान्टबाट  अक्सिजन उत्पादन भएको छैन ।

प्लान्टबाट उत्पादन हुने अक्सिजन अस्पतालका कोठाकोठामा जडान भएको पाइपसम्म पुर्याउन आवश्यक पाइप अहिलेसम्म जडान गर्न सकिएको छैन । उत्पादित ग्याँस फिलिङ गर्ने आवश्यक उपकरण पनि अहिलेसम्म तयार पारिएको छैन । त्यसैले प्लान्टबाट अक्सिजन उत्पादन हुन नसकेको हो 
 ।

अस्पालमा दैनीक २५ देखी ३० हजारको अक्सिजन आपूर्ती भइरहेको छ। आफनै प्लान्टले अक्सिजन उत्पादन गरेको हुन्थ्यो भने ३ हजार रुपैया दैनीक अस्पतालको बचत हुन सक्थ्यो ।  तर प्लाण्ट संचालन गर्ने तर्फ अस्पताल प्रशासनले रुचि नदेखाउँदा लागत बढेको  छ भने बिरामीलाई समेत झण्झट ब्यहोर्नु परेको छ  ।

गएको भदौ १६ गते  प्लाण्ट उद्घाटन गरिएको थियो । उद्घाटनका क्रममा  बेडसम्म सिलिण्डर बोकेर लैजानुपर्ने बाध्यता अबदेखि हटेको दावी गरिएको थियो । तर अहिले सम्म अक्सिजन नै उत्पादन नभएपछि त्यो दावी नै झूठो सावित भएको छ । 

 प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवले स्थानीय बिकास साझेदारी ( संसदीय बिकास कोष) को रकम लगाएर प्लान्ट जडान गएिको हो । 

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा .बीरेन्द्र बहादुर प्रधान आफूहरु प्लाण्ट संचालन गर्न आवश्यक तयारीको काम गरिरहेको बताए  । उनले आवश्यक उपकरणको जडान भइरहेको जानकारी दिए । उपकरण जडान गर्ने काम हुनासाथ प्लाण्ट सञ्चालनमा आउने उनको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.