logo

कोरोना संक्रममणबाट बच्न विद्यार्थीलाई मास्क वितरण 

      3/19/2020 गते 00 00 मा प्रकाशित     1260   पटक पढिएको

वीरगन्ज, ६ चैत । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि मुनलाईट माविले आफ्ना विद्यार्थीहरुलाई मास्क वितरण गरेको छ । वीरगञ्ज कारागार तथा मुनलाईट माविको समन्वयमा विद्यार्थीहरुलाई मास्क तथा जनचेतनामुलक पर्चा प्रदान गरिएको हो ।

नेपाल सरकारको कोरोना रोकथाम समन्वय समितीको निर्णय बमोजिम र प्याब्सन पर्साको आकस्मिक बैठकले जारी गरेको निर्देशनुसार विद्यालय अर्को सुचना जारी नहुन्जेल सम्मका लागि बन्द गरिएको छ । वीरगन्ज कारागार प्रमुख श्रवण कुमार पोखरेल, वडा नं ५ का अध्यक्ष प्रदिप चौरसिया को उपस्थितीमा विद्यार्थीहरुलाई मास्क तथा पर्चा प्रदान गरिएको थियो ।

विद्यार्थीहरुलाई प्रदान गर्न मास्क खरिद गर्न जाँदा बजारमा मास्कको अभाव देखिएका कारण केही मास्क कारागार कार्यालय पर्साले सहयोग स्वरुप प्रदान गरेको विद्यालयका प्रबन्ध निर्देशक सुलभ के.सीले बताए । कारागारबाट मास्क प्राप्त भएपछि केही राहत महशुस भएको उनको भनाई छ । बजारमा भेटिएका मास्क उचित मुल्यभन्दा दोब्बर(तेब्बरमा खरीद गर्नुपरेको उनले बताएका हुन् ।

सरकारले बजारमा कालोबजारी विरुद्धको अनुगमन तीब्र पारेको बताएपनि बजारमा कालोबजारी व्याप्त रहेको केसीको गुनासो छ । विद्यार्थीहरुलाई प्रदान गरिएका केही मास्क कारागार भित्र रहेका कैदिबन्दीहरुले बनाएको कारागार प्रमुख पोखरेलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कारागार प्रमुख पोखरेलले बजारमा मास्कको अभाव भएका बेला कैदीबन्दीहरुले मास्क बनाउन सुरु गरेको बताउनुभयो ।

उहाँका अनुसार बजारमा उचित मुल्यभन्दा दोब्बरमा मास्क बेचिएपनि कैदीबन्दीहरुले बनाएका मास्कको मुल्य बढीमा २० रुपैया कायम गरिएको छ् । महामारीका बेलामा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई मास्क प्रदान गर्नु सराहनिय कार्य भएको भन्दै उनले विद्यालयको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा वडा नं ५ का अध्यक्ष प्रदीप चौरसिया, विद्यालयका प्रधानाध्यापक श्याम केसी लगायतकाले कोरोनाबाट बच्ने उपायका बारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण सञ्जारकर्मी उज्जवल शर्माले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.