logo

मास्क बितरणको अभियान बढाउन सक्छ झनै जोखिम बनौ “ सावधान ”

      3/22/2020 गते 00 00 मा प्रकाशित     1448   पटक पढिएको

बीरगंज ९ चैत । बीरगंज र यस आसपासका क्षेत्रमा निशुल्क रुपमा मास्क बितरणको कार्यक्रमले ब्यापकता पाउन थालेको छ ।

 

केही राजनीतिकर्मीहरु कतिपय सामाजिक संगठनहरुले मास्क बितरण गरेका छन । कोरोना भाइरसको संक्रमणबाट जोगिन जनचेतना जगाउने उद्धेश्यले यस्तो कार्यक्रमहरु संचालन गरिएको आयोजकहरुले जनाउने गरेका छन ।

 

तर आयोजकले भने जस्तै चेतजा जागृत भएको छ र ? आम मान्छेहरु कोारोना भाइरसका बारेमा जानकारी राखेर आफूलाई सुरक्षीत बनाउन सक्नेगरि सचेत बनाइएका छन त ? वा सेचतना जगाउने नाममा आम मान्छेलाई झन जोखिममा हाल्ने काम त भएको छैन । 


मास्क बितरणलाई अभियानको रुपमा संचालन गरिदिदा कोरोना भाइरसको संक्रमणबाट जोगिना मास्क मात्रै अचुक अस्त्रको हो भन्ने सन्देश समेत प्रवाह भइरहेको छ । सरकारले समुहमा सहभागी नहुन आग्रह गरेको छ ।

 

अभियान्ताहरु समुहमा गएर मास्क बितरण र सेनीटाइजरले हात धुन सिकाइरहेका छन । एकातिर टाल्न खोज्दा अर्को भत्केको चाल नपाउने अभियान्ताहरुको कामले पनि जोखिम नै निम्त्याउदे छ । सस्तो लोकप्रियताका निम्ति होइन चर्चा पाउकालागि होइन यस्तो संकटमा अर्थपूर्ण सहयोग र सहकार्य आवश्यक छ । 


मास्क बितरणको अभियान आफैमा खराव भने होइन तर बितरणलाई कति स्वास्थ्यमैत्री बनाइएको छ भन्ने हेर्नु आवश्यक छ ।
जनस्वास्थ्यविद डाक्टर रविन्द्र समीरका अनुसार अहिले बजारमा रहेका सर्जिकल मास्क प्रयोग गर्न नजान्दा यसबाट फाइदा भन्दा बढी हानि हुन्छ।

डाक्टर समीरका अनुसार सर्जिकल मास्कको प्रयोगले कोरोना संक्रमण रोक्न सक्दैन। ‘अहिले हामीले प्रयोग गरिरहेका सर्जिकल मास्कले कोरोना भाइरस संक्रमणबाट जोगाउन सक्दैन,’ उहाँले भन्नु भयो बरु त्यसको प्रयोग गर्न नजान्दा फाइदा भन्दा हानि बढी हुन्छ।’


धुलिखेल अस्पतालका क्लिनिकल भेरोलोजस्टि डा . निराजन भुसालले मास्कको प्रयोगले कोरोना संक्रमणबाट नबचिने भन्दै संक्रमित व्यक्ति र उसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने स्वास्थ्यकर्मीले मात्रै त्यसको प्रयोग गर्नु उत्तम हुने बताउनु भएको छ । नेपालमा हाल मास्क लगाउने बित्तिकै कोभिन १९ बाट बच्नेजस्तो गरि भ्रामक प्रचार हुन थालेको भन्दै उहाँले अन्य सावधानी अपनाउन पनि सुझाव दिनु भएको छ ।

पब्लिक हेल्थ इंगल्याण्डका डा. जेक डनिंग फेस मास्क लगाउनु फाइदाजनक हुन्छ भन्ने आम बुझाइ रहेको पाइन्छ तर वास्तवमा चिकित्सासँग सम्बन्धित वातावरणमा बाहेक अन्यत्र त्यस्ता मास्कले फाइदा पुर्याउँछन् भन्ने प्रमाण नभएको बताउनुहुन्छ ।

 मास्कहरू प्रभावकारी हुनकालागि तिनलाई सहि तरिकाले लगाउनुपर्छ, नियमित रूपमा बदलिरहनुपर्छ र सहि तरिकाले फाल्नु पर्छ।

डा.डनिंग भन्नुहुन्छ कि भाइरस सङ्क्रमणको चिन्ता छ भने आफ्नो व्यक्तिगत र हातको सरसफाइमा बढी ध्यान दिनु राम्रो हुन्छ।

कसरी लगाउने मास्क ?

जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र समीरका अनुसार मास्क लगाउँदा चारैटिरबाट मास्कलाई कसिलो बनाउनुपर्छ। मास्क लगाउँदा कतैबाट पनि हावा छिर्नु हुँदैन। ‘मास्क लगाउँदा चारैतिर कसिलो बनाउनुपर्छ,’ उहाँले भन्नु भयो, ‘मास्क लगाउँदा त्यसबाट हावा, धुलोको कण नछिर्ने गरी प्रयोग गर्नुपर्छ।’

मास्क लगाएको समयमा सामान्यता अन्य समयभन्दा धेरै पटक अनुहारमा हात पुग्ने भएकाले प्रयोग गरेको मास्क घरभित्र पस्दा बाहिरै निकाल्नु उचित हुने उहाँको सुझाव छ।

उहाँले एउटा सर्जिकल मास्कको ४ वा ५ घण्टा भन्दा बढी प्रयोग गर्न नहुने भएकाले लामो समयसम्म एउटै मास्क लगाउँदा मनोवैज्ञानिक भन्दा अन्य फाइदा नहुने बताउनु भयो।

कपडाको मास्क झन् खतरनाक
डाक्टर समीरका अनुसार बजारमा सर्जिकल मास्कको अभाव भएपछि कपडाको मास्क प्रयोग स्वास्थ्यका लागि हानिकार हो। कपडाको रुमाल, मखलरजस्ता चीजलाई मास्कको रुपमा प्रयोग गर्दा कोराना भाइरसका लागि बढी खतरा हुने डाक्टर समीरले बताउनु भयो।

कपडाको मास्कमा कोरोना भाइरस लामो समयसम्म जीवित रहने र मास्क धुँदा झन सक्रिय हुने भएकाले कपडाको मास्क धोएर पुन प्रयोग गर्न नहुने उहाँको भनाइ छ।

उहाँले कपडाको मास्क भन्दा टिस्यू पेपर प्रयोग गरेर सुरक्षित ठाँउमा फाल्नु उचित हुने बताउनु भयो । कोरोना भाइरस श्वासप्रश्वासबाट मात्र नभइ प्रयोग गरेको कपडा, कपाल, मोबाइल फोनजस्ता सामाग्रीबाट सर्ने भएकाले त्यसतर्फ सचेत रहन डाक्टर समीरले आग्रह गरेका छन्।

कोरोना भाइरसबाट बच्न के गर्ने ?

कोरोना संक्रमणबाट बच्न दैनिक आफूले प्रयोग गरेका कपडा एकै ठाउँमा राख्ने र सावुन पानीले राम्रोसँग सफा गर्नु उचित हुने डाक्टर समीरले बताए।  उनले कोरोना भाइरसको संक्रमण नेपालमा नदेखिएकोले धेरै आत्तिनु पर्ने अवस्था नरहेको बताए।

एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने यो भाइरसको संक्रमणबाट बच्न विभिन्न सावधानी अपनाउन सकिन्छ । नियमित साबुन पानीले हात धुने, बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, संक्रमित बिरामीको सम्पर्कबाट टाढै रहने, अनावश्यक भिडभाडमा नजाने गर्नाले पनि यसको सम्भावित संक्रमणबाट बच्न सकिन्छ । मास्क प्रयोग गर्दा पनि केही सावधानी भने अपनाउनुपर्छ ।

मास्क कस्तो बेला प्रयोग गर्ने ?

– यदि तपाइमा भाइरस संक्रमणको लक्षणहरुमा देखा परेमा। जस्तोः उच्च ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न गाह्रो भएमा

– तपाई कोरोना संक्रमित बिरामीको नजिक हुनुहुन्छ वा हेरचाहमा हुनुहुन्छ भने

– कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यर्मी हुनुहुन्छ

मास्क प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू

– मास्क खोल्दा सँधै तलतिरबाट  वा पछाडीबाट मात्र खोल्ने

– मास्क भिजेपछि वा प्रत्येक ६ घण्टामा परिवर्तन गर्ने

– मास्क लगाउँदा नाक,मुख र चिउँडो छोपिने गरी लगाउने, याद राखौं मास्क अनुहारमा फिट भएको हुनुपर्छ

– ‘डिस्पोजल मास्क’ एक पटक मात्रै प्रयोग गर्ने, प्रयोग गरिसकेपछि डस्टबिनमा फाल्ने

– पुनः प्रयोग गर्न मिल्ने मास्क भए किटाणुरहित बनाएर मात्रै पुनः प्रयोग गर्ने

– मास्क लगाइसकेपछि बारबार मास्क नछुने, वा निकाल्दा बाहिरी सहतमा नछोइकन निकाल्ने

– मास्कलाई घाटीमा नझुण्ड्याउने

– मास्क हटाइसकेपछि अनिवार्य रुपमा सावुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.