logo

स्वास्थ्य सामाग्री ल्याउन नस्कने  ओम्नी समूहसँगको सम्झौता रद्ध, ५ करोड रुपैयाँ धरौटी पनि जफत

      4/1/2020 गते 00 00 मा प्रकाशित     1229   पटक पढिएको

काठमाडौं १९ चैत । सरकारले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरेको छ । 


स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो ।  विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको पनि महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनु भयो  । 


नेपालमा लकडाउन लागू भइसकेपछि (कोभिड१९) परीक्षण किट, स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कवचलगायत नभई नहुने सामग्री खरिदका लागि रातारात विवादित ओम्नी कम्पनीलाई ठेक्का सुम्पेको थियो। ठेक्का सम्झौतामा उल्लेखित मूल्य अस्वाभाविक रूपले बजारभन्दा कयौं गुणा महँगो देखिएपछि सरकार यस विषयमा रक्षात्मक बन्दै आएको थियो।


स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सरकारले तत्काल आवश्यक देखेको १ लाख सेट पिपिई पहिलो लट (मार्च २९) मै ल्याउने सर्तमा ओम्नीले ठेक्का पाएको थियो। सोही आधारमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पठाइएकोमा कम्पनीले १० हजारथान पिपिईमात्रै ल्यायो। ३३ टन क्षमताको वाइडबडीमा जम्मा साढे १२ टनमात्रै सामान लिएर जहाज फर्किएको थियो।

यस्तै, कम्पनीले तेस्रो लटमा ल्याउने भनेको ७५ हजारथान किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको छ। समूहले एन ९५ मास्क, ग्लोब्स र सर्जिकल मास्कसमेत सम्झौताअनुसार दिन सकेन। पहिलो लटमा एन९५ मास्क १० हजार र ग्लोब्स १ लाख जोडामात्र ल्याइएको छ। पिसिआर रिएजेन्ट पनि पर्याप्त दिन नसकेको सरकारी अधिकारीको भनाइ छ।

सम्झौतामा दोस्रो लट ३० गते नै ल्याउने भनिए पनि ओम्नीले सामान जुट्न नसकेको भन्दै तेस्रोपटक अप्रिल २ लाई भाका सारेको थियो।  ।

सबै सामानको मौज्दात शून्यप्रायः भइसकेको स्थितिमा सरकारले अन्तिम घडीको निर्णयबाट १ करोड ३ लाख ३८ हजार ४ सय ४४ अमेरिकी डलरबराबरको खरिद ठेक्का पाटन मंगलबजार कृष्णगल्लीमा कार्यालय रहेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनललाई दिएको थियो।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.