logo

छुट्टै कोरोना अस्पतालकालागि सम्भाब्यता अध्ययन शुरु

      4/7/2020 गते 00 00 मा प्रकाशित     1453   पटक पढिएको

वीरगञ्ज २५ चैत ।
प्रदेश नं. २ को सरकारले बीरगंजमा कोरोना अस्पतालकोलागि सम्भाब्यता अध्ययन शुरु गरेको छ । 
कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण रोकथाम र उपचारकोलागि गठन गरेको विज्ञहरुको टोलीले मंगलबार वीरगञ्जका विभिन्न अस्पतालहरुको सम्भाव्यत स्थलगत अध्ययन गरेको हो ।

 

पूर्व स्वास्थ्यराज्य मंत्री डा. सुरेन्द्र यादवको नेतृत्वमा आएको टोलीमा विजय सिंह, राम एकबार साह, नारायणी अस्पतालका मेसु डा. मदन उपाध्याय लगयातको सहभागिता थियो ।

 

टोलीले बीरगंज हेल्थ केयर अस्पताल,नेशनल ट्रेडिङको भवन र कृषि ज्ञान केन्द्र भवनको स्थलगत अवलोकन गरेका छ ।  प्रदेशका मुख्यमंत्री लालबाबु राउत गद्धीले सासद प्रदीप यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसंग बीरगंजमा कोरोना उपचार अस्पताल बनाउने आश्वासन दिनु भएको थियो ।

 

सोही अनुरुप अध्ययनटोली आएको हो । अध्ययन टोलीले यस क्षेत्रका जनप्रतिनिधि र चिकित्सकहरुसंग समेत आवश्यक परामर्श गरेको छ । 

 

यसैवीच  सांसाद यादवले प्रदेश सरकारले उपलब्ध गराएको ५५ थान पीपीई सेट, एन ९५ मास्क, पञ्जा र अन्य स्वास्थ्य सामग्री नारायणी अस्पताललाई हस्तान्तरण गर्नु भएको छ  ।चौधरी फाउन्डेशनले प्रदेश नम्बर २ लाई सहयोग स्वरुपमा प्रदान गरेका उक्त स्वास्थ्य सामग्री  यावदले नारायण अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायलाई हस्तान्तरण गर्नु भएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.