logo

प्रदेश २ मा र्‍यापिड किट उपलब्ध अव परिक्षणले तिब्रता पाउने

      4/10/2020 गते 00 00 मा प्रकाशित     1322   पटक पढिएको

बीरगंज २८ चैत  । प्रदेश २ मा कोराना भाइरसको परिक्षणले शुक्रवारबाट तिब्रता पाउने भएको छ । संघीय सरकारले प्रदेश २ लाई पाँच हजार थान र्‍यापिड किट उपलब्ध गराएपछि परिक्षणले तिब्रता पाउने भएको हो । 

 


र्‍यापिड टेस्ट सुरु भएपछि अहिलेसम्म सुस्त बनेको कोरोना संक्रमितको पहिचान गर्ने प्रक्रियामा तिव्रता आउने भएको छ। यसअघि पीसीआर मेसिनबाटमात्र परीक्षण भइरहँदा जाँच प्रक्रिया सुस्त गतिमा अगाडी बढेको थियो।


संघीय सरकारले प्रदेश २ लाई पाँच हजार थान र्‍यापिड किट उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको आपूर्ति महाशाखाका निर्देशक डा।प्रमोद यादवले जानकारी दिनु भयो । ‘र्‍यापिड जाँच किट विहिबारसाँझ आइपुगेको छ,’ उहाँले भन्नु भयो ‘क्वारेन्टाइनहरुमा पठाउने काम भइरहेको छ।’

‘संघीय सरकारले पाँच हजार थान र्‍यापिड किट उपलब्ध गराएको छ, क्वारेन्टाइन स्थापना गरिएको सबै स्थानमा हामी पठाउँदै छौं,’ उहााले भन्नु भयो ,‘वीरगंज र कलैयामा परीक्षण सुरु भइसकेको छ, आजै प्रदेशस्थित सबै स्थानमा किट पुग्ने छ।’

र्‍यापिड किटबाट परीक्षण सुरु भएपछि कोरोना शंकास्पदको स्क्रिनिङ प्रक्रियाले तिब्रता पाउने डा. यादवको भनाइ छ।

र्‍यापिड किटमार्फत गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट देखिए कन्र्फमेसनको लागि स्वाब परीक्षणको लागि पीसीआरमा पठाइने उहाँको भनाइ छ। शंकास्पदको रगत लिएर परीक्षण गर्ने र्‍यापिड टेस्टले तत्काल परिणाम दिने भएकोले कोरोना संक्रमितको पहिचान गर्ने कार्यले तिव्रता पाउने डा.यादवले बताउनु भयो।

प्रदेश २ मा अहिले प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको एकमात्र पीसीआर मेसिनबाट शंकास्पद व्यक्तिको स्वाब परीक्षण भइरहेको छ। प्रदेशभित्र एकमात्र पीसीआर मेसिन भएकोले जाँच प्रक्रिया सुस्त बनेको छ।  प्रादेशिक अस्पताल जनकपुरले ३८ जनाको स्वाबमात्र परीक्षण गर्न सकेको छ।

क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेसन गरी प्रदेश २ मा अहिले भण्डै दुई हजार शंकास्पदलाई राखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.