logo

बीरगंजको शिल क्षेत्रमा परिक्षण द्रुत पारिने,हजार जनाको थ्रोटस्वाब संकलनकालागि बिशेष टोली परिचालन 

      5/7/2020 गते 00 00 मा प्रकाशित     1619   पटक पढिएको

बीरगंज २५ बैशाख ।

बीरगंजमा एकै परिवारमा १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोरोना भाइरसको परिक्षणलाई बढाइने भएको छ । परिक्षण छिटो र द्रुत गतीमा गर्न सरकारले बिशेष टोली नै परिचालन गरेको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित फेला परेका संख्याको आधारमा जोखिम र संवेदनशील देखिएको बीरगंज लगायतका क्षेत्रमा थ्रोट स्वाबको नमूना संकलन गर्न विशेष टोली परिचालन गरेको छ।

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली स्वास्थ्य मन्त्रालयले बीरगंज नेपालगंज र उदयपुर  पठाएको स्वास्थ्य तथा जनसंख्या मंत्रालयका प्रवक्ता बिकास देवकोटाले जानकारी दिनु भयो ।

 


बीरगंज माहानगर को वार्ड नम्बर १,२,३ मा समुदाय स्तरमा कोरोना परिक्षणकोलागि पठाइएको टोली बीरगंजमा आइपुगेको छ । टोलीले कसरी काम गर्ने भन्ने बिषयमा आज बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीसंग छलफल गरेको छ ।

 

छलफलमा संघीय सरकार ,प्रदेश सरकार नेपाली सेना तथा बिश्व स्वास्थ संगठनको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

बीरगंजबाट एक हजार जनाको थ्रोट स्वाब परिक्षणकालागि संकलन गरिने छ । सरकारले परिचालन गरेको बिशेष टोली बीरगंजमा आइपुगेको छ ।  वीरगञ्‍ज महानगरपालिका–३ छपकैयामा हिजो एकै दिन २ महिने शिशुसहित १७ जनामा संक्रमण पुष्टि भएको थियो। 


देशभर हालसम्म पीसीआर विधिबाट १४ हजार ५०९ नमूना परीक्षण गरिएको छ। त्यस्तै आरडीटी किटबाट ५४ हजार ९३ नमूना परीक्षण गरिएका छन्। क्वारेन्टाइनमा आजसम्म १७ हजार ३७२ जना रहेका छन्।

 

मन्त्रालयले क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, साबुन पानीले हात धुने, मास्क प्रयोग गर्ने, सूचनाका लागि स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका सूचना हेर्न अनुरोध गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.