logo

रोग पालेर बाँच्न बाध्य गरिब बिरामीलाई राहत , सेती अञ्चल अस्पतालले शुरु गर्यो ओपीडी सेवा

      5/13/2020 गते 00 00 मा प्रकाशित     1457   पटक पढिएको


बीरगंज १ जेठ

कोरोना मुक्त बनेको सेती प्रादेशिक अस्पतालमा ओपिडी सेवा सञ्चालन भएसँगै स्वास्थ्य चेकजाँच गर्न आउने विरामीको संख्या बढेको छ।

मंगलबार देखी शुरु भएको ओपिडी सेवा लिन दुई दिनमा ४ सय बढी बिरामी आएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेका अनुसार लकडाउन अघि भने दैनिक ७ सय बढी मानिसले उपचार सेवा लिँदै आएका थिए।

 

ओपिडी सेवा सुचारु भएसँ‌गै विरामीलाई पूर्ण सुरक्षित तवरले उपचार सेवा दिने गरेको मेडिकल सुपरिटेण्डेण्ट पाण्डले बताउनु भयो । ‘उपचारमा आउने विरामीलाई सामाजिक दूरी कायम गर्दै लाइनमा राख्ने गरेका छौं’ मेडिकल सुपरिटेण्डेण्ट पाण्डेले भन्नुभयो , ‘स्वास्थ्यकर्मीको सुरक्षा र विरामीको स्वास्थयलाई पनि राम्रोसँग ख्याल गरेका छौं।’

 

यस अघि कोरोना संक्रमित विरामीको उपचार गरेको भवनमा भने कुनैपनि विरामीको उपचार नगरिने उहाँले बताउनु भयो । 
सुदूरपश्चिम प्रदेशमा पछिल्लो १ महिनासम्म नयाँ कोरोना संक्रमित विरामी नदेखिएको र पुराना विरामी उपचारपछि घर फर्किसकेको अवस्थामा मंगलबारदेखी ओपिडी सेवा सुचारु गर्ने निर्णय गरिएको थियो। चैत २९ गते कैलालीको लम्कीकी एक जना महिला अन्तिम कोरोनाको विरामीको रुपमा देखापरेकी थिइन्।

 

चैत ११ गतेदेखी बन्द गरिएको ओपिडी सेवा अव फेरी बन्द हुने अवस्था  छैन । किन भने सुदुर पश्चिम  सरकारले छुट्टै ५० शैय्याको कोरोना  अस्पताल निर्माण गरेको छ ।  

 

निजीको खर्च थेग्न खर्च थेग्न सकिदैन 


मंगलबारदेखी सेती प्रादेशिक अस्पतालमा ओपिडि सेवा सुचारु भएसँगै जोखिम मोलेर विरामी उपचारका लागि आउने गरेका छन्।

 

यसरी सेतीमा उपचार गराउन आउने विरामीले निजी अस्पतालको सेवा शुल्क तिर्न नसकेका कारण बाध्य भएर सेती अस्पतालमा उपचार गराउन आउनु परेको प्रतिक्रिया दिएका छन्।

 

ढाड दुख्ने समस्याबाट ग्रसित बनेकी धनगढी–८ की ३८ वर्षीया मिथिला भण्डारीले निजी अस्पतालको महंगिका कारण लामो समयसम्म रोग पालेर बस्न बध्य भएको बताउनु भयो ।

 

‘सेती अस्पतालमा ओपिडी सेवा बन्द हुँदै मैले रोग पालेर बस्नु पर्ने बाध्यता थियो,’ उहाँले भन्नु भयो ,‘निजी अस्पतालमा जान मसंग आर्थिक समस्या थियो।’

नेपालमा कोरोना संक्रमण देखापरेपछि निजी अस्पताल संघले निजी अस्पतालमा उपचार गराउँन आउने विरामीलाई औषधी बाहेकको सेवामा २० प्रतिशत सम्म छुट दिने घोषणा गरेको थियो । तर त्यो घोषणा त कता हो कता सेवा शुल्क नै यतिलिन थालेकी बिरामीहरु रोग पालेर बाँच्न बाध्य भएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.