logo

वीरगन्ज महानगरको पीसीआर मेशिन आइपुग्यो, महानगरको अभियान सफल

      6/20/2020 गते 00 00 मा प्रकाशित     3730   पटक पढिएको

वीरगन्ज महानगरपालिकाले खरिद गरेको कोरोना परीक्षण गर्ने पिसीआर मेशिन वीरगन्ज आईपुगेको छ । वीरगन्जका उद्योगी व्यवसायी र विभिन्न संघसंस्थाहरुको आर्थिक सहयोगमा महानगरपालिकाले आफैले खरिद गरेको पीसीआर मेशिन हिजो साँझ वीरगन्ज महानगरपालिकामा आईपुगेको हो । वीरगन्ज आईपुगेको मेशिन हिजै नारायणी अस्पतालमा पठाईएको छ ।

आज अपरान्ह चार बजे औपचारिक रुपमा हस्तान्तरण पछि अस्पतालमा मेशिन जडान गरिने वीरगन्ज महानगरपालिकाले जनाएको छ । मेशिनमा जडान हुने विभिन्न आठ किसिमको उपकरणहरु हिजो साँझ नै नारायणी अस्पतालमा पठाईएको छ । मेशिन औपचारिक रुपमा हस्तान्तरण भएपछि आजदेखि जडान शुरु गरिनेछ ।

वीरगन्जको राणीसति धर्मशालामा अपरान्ह चारबजे मुख्यमन्त्री लालबाबु राउतको हातबाट हस्तान्तरण गराईने मेयरका प्रेस सल्लाहाकार गोविन्द देवकोटाले जानकारी दिनुभयो । मेशिन जडान भएपछि तत्कालै परीक्षण पनि शुरु गरिने वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताउनुभयो ।

सम्पूर्ण पर्सावासीको साथ र सहयोगबाट पीसीआर मेशिन खरिद गर्न सफल भएको र यसले परीक्षणको दायरा बढाई वीरगन्ज सहित पर्सालाई नै ग्रिनजोनमा ल्याउने बताउनुभयो । विभिन्न बाधा अवरोधकाबीच पनि वीरगन्जका उद्योगी व्यवसायी, पर्सेली जनताको साथ र सहयोगले महानगरपालिका आफैले अब कोरोना परीक्षण गर्ने र नागरिक स्वास्थ्य सुरक्षाका लागि जिम्मेवार भूमिका निर्वाह हुने पनि उहाँले बताउनुभयो ।

राजनीतिक स्वार्थ भन्दा मानवीय स्वास्थ्य र नागरिको सुरक्षालाई ध्यानमा राखेर आपूmले कोरोना भाईरस महामारी विरुद्ध लडेको बताउदै यसमा जनताको साथले सफलता उन्मुख रहेको पनि उहाँले बताउनुभयो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.