logo

कानूनी प्रवन्धको ठाढो उल्लघंन, प्रशासन कार्यालयमा बनाईएन स्तनपान कक्ष, सेवाग्राही महिलालाई भयो समस्या

 इसीमाना सम्वाददाता     २०८० जेठ १७ गते ०१: ३२ मा प्रकाशित     677   पटक पढिएको

वीरगंज। जिल्ला प्रशासन कार्यालय पर्सामा सेवा लिन आउने सुत्केरी महिलाहरुले स्तनपान कक्षको अभावमा समस्या भोग्नु परेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा करिव ७ करोडको लागतमा सुविधा सम्पन्न नयाँ भवन बनाइएको भएपनि त्यसमा स्तनपान कक्षको भने ब्यवस्था गरिएको छैन ।

 

सेवाग्राही महिला र बालबालिकाको सुविधाका साथै उनीहरूलाई सिकाईमा प्राथमिकता दिन स्तनपान कक्षको स्थापना गर्ने गरिएको छ । स्तनपान कक्षमा बालबालिकाका लागि खेल्न सुत्न र बस्नका लागि चाहिने सबै सामानको समेत उपलब्धता हुने गर्दछ ।

 

नागरिकता, पासपोर्ट , नाता प्रमाणीत लगाएतका सेवा लिन आउँदा बालबालिका लिएर आउने महिलाले छोरा छोरीलाई दुध खुवाउन असहज हुने गरेको सेवाग्राहीको भनाई छ । तराई प्रचण्ड गर्मीमा एउटा कामको सास्ती अर्कोमा आफना नानी बाबुलाई गर्मीमा यत्र तत्र बसेर स्तनपान गराउनु पर्ने बाध्यत ।

 

नागरिकता बनाउन आएकी पोखरिया नगरपालिका वडा नं ५ की २२ वर्षिया रिमा पटेलले स्तपान कक्षको अधावमा निकै समस्या खेप्नु परेको बताइन ।

 

सेवा लिन आउदा एक त काम छिटो छरितो हुदैन त्यसमा पनि प्रचण्ड गर्मी श्रीमान श्रीमती नै दुईदिन देखी धाइरहेका छौ त्यसमाथि दुधेबालकलाई बेला बेलामा दुग्ध खुवाउनु पर्छ बसेर दुग्ध खुवाउने ठाउ समेत भएको भन्दै दिग्दारी पोख्छिन ।

वीरगंज महानगरपालिकाको वडा नं ११ रानीघाटकी २३ वर्षिया ललिता देवीको पनि पीडा उस्तै छ । उनका श्रीमान श्रीमती नागरिकताको लाइनमा छन । दुधे बालकलाई लिएर ससुरा प्रशासन कार्यालय अगाडिको सानो छाहारीमा बसेका छन । काम नुहदाको आक्रोश त छदैछ । गर्मीका कारण आएको पसनिाले गर्दा बचचाले राम्रोसंग दुग्ध खान नपाएको उनको गुनासो छ ।


पटेर्वा ुगौली गाउँपालिका वडा नं १ कंचनपुर की २४ वर्षिया फतमा खातुनको पनि समस्या त्यही नै छ । उनले बच्चालाई दुध खुवाउनकालागि सामान्य ठाउ समेत नभएको भन्दै गुनसो गरिन ।

 

सार्वजनिक तथा निजी सङ्घसंस्थामा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ । तर पर्सा जिल्लाका अधिकाङ्श सरकारी तथा गैरसरकारी संस्थामा यसको व्यवस्था छैन । नयाँ बन्दै गरेका पूर्वाधारहरुमा समेत स्तनपान कक्षको ब्यवस्था नगरिएको प्रति महिलाअधिकारकर्मीहरुकोे गुनासो छ ।

 

कार्यालयमा कार्यरत महिला कर्मचारी तथा सेवा लिन आउने सेवाग्राहीका बच्चालाई स्तनपान गराउन सहज होस् भनेर कार्यालमै कक्षको स्थापना गर्नुपर्ने व्यवस्था भए पनि जिल्लाका अधिकाङ्श कार्यालयमा यसको अभ्यास भएको पाइँदैन ।

 

स्तनपान नवजात शिशुको अधिकार र आमाको कर्तब्य भए पनि व्यवस्थित कक्ष सञ्चालन नहुँदा महिलाहरूले खुल्ला स्थानमा असहजरूपमा स्तनपान गराउनु पर्ने बाध्यता छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले सेड निर्माणको काम हुदै गरेको र त्यतीबेला स्तनपान कक्षको ब्यवस्था गरिने जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.