logo

कानूनी प्रवन्धको ठाढो उल्लघंन, प्रशासन कार्यालयमा बनाईएन स्तनपान कक्ष, सेवाग्राही महिलालाई भयो समस्या

 इसीमाना सम्वाददाता     २०८० जेठ १७ गते ०१: ३२ मा प्रकाशित     804   पटक पढिएको

वीरगंज। जिल्ला प्रशासन कार्यालय पर्सामा सेवा लिन आउने सुत्केरी महिलाहरुले स्तनपान कक्षको अभावमा समस्या भोग्नु परेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा करिव ७ करोडको लागतमा सुविधा सम्पन्न नयाँ भवन बनाइएको भएपनि त्यसमा स्तनपान कक्षको भने ब्यवस्था गरिएको छैन ।

 

सेवाग्राही महिला र बालबालिकाको सुविधाका साथै उनीहरूलाई सिकाईमा प्राथमिकता दिन स्तनपान कक्षको स्थापना गर्ने गरिएको छ । स्तनपान कक्षमा बालबालिकाका लागि खेल्न सुत्न र बस्नका लागि चाहिने सबै सामानको समेत उपलब्धता हुने गर्दछ ।

 

नागरिकता, पासपोर्ट , नाता प्रमाणीत लगाएतका सेवा लिन आउँदा बालबालिका लिएर आउने महिलाले छोरा छोरीलाई दुध खुवाउन असहज हुने गरेको सेवाग्राहीको भनाई छ । तराई प्रचण्ड गर्मीमा एउटा कामको सास्ती अर्कोमा आफना नानी बाबुलाई गर्मीमा यत्र तत्र बसेर स्तनपान गराउनु पर्ने बाध्यत ।

 

नागरिकता बनाउन आएकी पोखरिया नगरपालिका वडा नं ५ की २२ वर्षिया रिमा पटेलले स्तपान कक्षको अधावमा निकै समस्या खेप्नु परेको बताइन ।

 

सेवा लिन आउदा एक त काम छिटो छरितो हुदैन त्यसमा पनि प्रचण्ड गर्मी श्रीमान श्रीमती नै दुईदिन देखी धाइरहेका छौ त्यसमाथि दुधेबालकलाई बेला बेलामा दुग्ध खुवाउनु पर्छ बसेर दुग्ध खुवाउने ठाउ समेत भएको भन्दै दिग्दारी पोख्छिन ।

वीरगंज महानगरपालिकाको वडा नं ११ रानीघाटकी २३ वर्षिया ललिता देवीको पनि पीडा उस्तै छ । उनका श्रीमान श्रीमती नागरिकताको लाइनमा छन । दुधे बालकलाई लिएर ससुरा प्रशासन कार्यालय अगाडिको सानो छाहारीमा बसेका छन । काम नुहदाको आक्रोश त छदैछ । गर्मीका कारण आएको पसनिाले गर्दा बचचाले राम्रोसंग दुग्ध खान नपाएको उनको गुनासो छ ।


पटेर्वा ुगौली गाउँपालिका वडा नं १ कंचनपुर की २४ वर्षिया फतमा खातुनको पनि समस्या त्यही नै छ । उनले बच्चालाई दुध खुवाउनकालागि सामान्य ठाउ समेत नभएको भन्दै गुनसो गरिन ।

 

सार्वजनिक तथा निजी सङ्घसंस्थामा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ । तर पर्सा जिल्लाका अधिकाङ्श सरकारी तथा गैरसरकारी संस्थामा यसको व्यवस्था छैन । नयाँ बन्दै गरेका पूर्वाधारहरुमा समेत स्तनपान कक्षको ब्यवस्था नगरिएको प्रति महिलाअधिकारकर्मीहरुकोे गुनासो छ ।

 

कार्यालयमा कार्यरत महिला कर्मचारी तथा सेवा लिन आउने सेवाग्राहीका बच्चालाई स्तनपान गराउन सहज होस् भनेर कार्यालमै कक्षको स्थापना गर्नुपर्ने व्यवस्था भए पनि जिल्लाका अधिकाङ्श कार्यालयमा यसको अभ्यास भएको पाइँदैन ।

 

स्तनपान नवजात शिशुको अधिकार र आमाको कर्तब्य भए पनि व्यवस्थित कक्ष सञ्चालन नहुँदा महिलाहरूले खुल्ला स्थानमा असहजरूपमा स्तनपान गराउनु पर्ने बाध्यता छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले सेड निर्माणको काम हुदै गरेको र त्यतीबेला स्तनपान कक्षको ब्यवस्था गरिने जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.