logo

नगरभित्रका संक्रमीतलाई होटेलमा आइसोलेटेड गर्ने पर्सागढी नगरपालिकाको निर्णय

      7/31/2020 गते 00 00 मा प्रकाशित     1871   पटक पढिएको

पर्सागढी नगरपालिकाले शुक्रवार जिल्ला प्रशासन कार्यालय पर्सालाई एक पत्र लेखेर नगरभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुलाई बीरगंजको होटेल कुमु प्यालेशमा आइसोलेशन गरिने जानकारी दिनु भएको  । 

 


नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत शालिकराम ढकालले लेख्नु भएको पत्र  अनुसार साउन १७ देखी नगरपालिका पनि अनिश्चितकालकालागि बिदा दिइएको जनाएको छ । 

 


पर्सागढी नगरपालिकामा ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा धेरै स्वास्थ्यकर्मीनै रहेका छन । स्वास्थ्यकर्मी संक्रमीत भएपछि नगरपालिका भित्र रहेका स्वास्थ्यसंस्थाहरु पनि बन्द भएका छन ।

 

संक्रमीत छ जनालाई एउटा स्वास्थ्य संस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनु भयो । स्वास्थ्यकर्मीको पनि अभाव रहेकोले उहाँहरुलाई सार्ने तयारी गरिरहेको उहाँले जानकारी दिनु भयो । उहाँले नगरभित्र आइसोलेशन निर्माण गर्ने बिषयमा समेत छलफल भइरहेको उहाँले बताउनु भयो ।

 

पर्सागढी नगरपालिकाले सूचना जारी गरेर बीरगंजको होटेलमा आइसोलेशन संचालन गर्ने सूचना जारी गरे पनि जिल्ला संकट ब्यवस्थापन केन्द्रलाई भने यो बिषयमा कुनै जानकारी नदिइएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । उहाँले होटेलमा आइसोलेशन संचालनको कुनै पनि खालको अनुमती नदिइएको बताउनु भयो । 


पर्सा जिल्लामा ६२ जना संक्रमीतहरु बीरगंजको गण्डक अस्पतालमा निर्माण गरिएको अस्थायी नारायणी कोरोना अस्पतालमा भर्ना गरिएका छन ।

 

अन्य १ सय २६ जना अस्पताल भन्दा बहिर रहेका छन । त्यस मध्य लक्षण नदेखिएका कतिपय ब्यक्तिहरु बीरगंजका होटेलमा आफै पैसा तिरेर आइसोलेटेड भएर बसेका छन । अस्पतालमा रहेका ६२ मध्य ३६ जनामा कोरोना भाइरसको संक्रमण पछि देखिने लक्षणहरु देखिएको चिकित्सकले जनाएका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.