logo

पर्सामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

      8/2/2020 गते 00 00 मा प्रकाशित     1350   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीको परिवारका २ जना सदस्यमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङका क्रममा गरिएको परिक्षणमा उहाँ नजिक रहेका अन्य चारजनामा पनि संक्रमण देखिएको छ । 

 

 महानगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्या चार जना भने वीरगञ्ज–११  र १३ नम्बर वडाका बासिन्दा हुन । बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालाले शनिवार मध्यरातमा  सार्वजनीक गरेको रिपोर्ट अनुसार पर्सामा १४ महिला सहित ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

 

रिपोर्ट अनुसार ५ वर्षकी बालिकादेखि ६२ वर्ष उमेर समूहका वृद्ध संक्रमित भएका छन्। पर्साका अन्य पालिकामा घर भए पनि भेटिएका सबै संक्रमित वीरगंजमै बसोबास गर्छन्। 

ड्राइपोर्ट ठेगाना लेखाउने ५ जना पुरुष, वीरगंज ४ विर्ताका कन्ट्याक्ट् ट्रेसिङमा परेका १४ जना, वीरगंज ११ राधेमाइका १८ जना, वीरगंज १३ चिनी मिलका ४ जना, वीरगंज ३ छपकैया वडा न ४ भगवती टोल, वडा नं २२ मनियारी, ठोरी ३ निर्मलवस्ती, सखुवा प्रसौनीका १/१ गरी कूल ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जानकारी दिएको छ। संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ । 

४५ जनामा बारा, जितपुर सिमरा २३ रामपुरटोकनीमा सञ्चालनमा रहेको म्याग्नस फर्मास्युटिकल्स प्रालिका ५ जना मजदुर छन्। वीरगंजमा थपिएका नयाँ संक्रमितमध्ये ७ जना शुल्क तिरेर परीक्षण गराएका थिए। अहिले वीरगंजमा संकलित नमुनाको २० प्रतिशत जनामा संक्रमण भेटिन थालेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.