logo

पर्सामा प्रहरी हिरासतमा रहेका ४३ जना थुनुवा,पाँच चिकित्सक सहित १ सय ४१ जना संक्रमीत थपिए

      8/7/2020 गते 00 00 मा प्रकाशित     1589   पटक पढिएको

पर्सामा १ सय ४१ जनामा कोरोना भाइरसको सक्रमण भएको पुष्टि भएको छ । नारायणी अस्पतालमा रहेको प्रयोगशालाको पिसीआर परिक्षण रिपोर्ट अनुसार १ सय ४१ जना संक्रमीत थपिएका हुन । 

 


संक्रमीतमा ४३ जना बिभिन्न अभियोग लागेर अनुसन्धानकोलागि प्रहरीको हिरासतमा रहेकाहरु छन । नियमित चेकजाँचको क्रममा स्वाब परिक्षण गराइएको जिल्ला प्रहरी प्रमुख गंगा पन्ताले जानकारी दिनु भयो ।

 

अदालत पेश गर्नु पर्दा कोरोना परिक्षण अनिवार्य रहेको छ । संक्रमीतहरुलाई उचित ब्यवस्थापन गरिने प्रहरी उपरिक्षक पंतले बताउनु भयो । एक जना प्रहरीमा संक्रमण देखिएकोमा उहाँलाई होम आइसोलेशनमा राखिएको पंतले जानकारी दिनु भयो ।

 

हिरासतमा रहेकाहरु मध्य  केहीलाई अस्पतालमा र लक्षण नदेखिएकाहरुलाई आइसोलेशनमा राखिने उहाँले बताउनु भयो । 
वीरगंजको नारायणी अस्पतालको पिसिआर ल्याबले गरेको स्वाब परिक्षणमा आज २१ महिला सहित १ सय ४१ जना संक्रमित थपिएको अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी गराउनु भएको छ ।


बयोधा अस्पतालमा कार्यरत पाँच  चिकित्सक, स्वास्थ्यकर्मी सहित १२ जना संक्रमीत भएका छन । बीरगंज महानगरपालिकाको श्रीसियाबाट २२ जना संक्रमित थपिएका छन् ।

 

पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वीरगंज महानगरको वडा नम्बर १० आदर्शनगर र अशोक बाटिकाका ६ महिला सहति गरी ११ जना, चिनीमिलका  २ महिला सहित ४ जना, वीरगंज ११ का २ जना यसैगरी वीरगंज महानगरपालिकाको वडा १३ तेजारथ टोल, मुर्लि १२, भिष्वा १५, घडिअर्वा १०, पिपरा, गण्डक लगायतको स्थानका एक एक जना संक्रमित थपिएका छन् ।
  

तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, सेनाका ५, कारागारका २, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । नयाँ थपिने संक्रमितहरुमा बारा जिल्लाका ४ र रौतहट जिल्लाका ४ जना रहेका छन् ।
नयाँ थपिएका  संक्रमितहरुमा २१ जना महिला रहेका छन् भने १२० जना पुरुष रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.