logo

नर्सहरुको सीप अभिबृद्धिमा मधेश प्रदेश सरकारले ध्यान दिन्छः मंत्री सिंह

 इसीमाना सम्वाददाता     २०८० चैत २३ गते १२: ५६ मा प्रकाशित     750   पटक पढिएको

बीरगंज । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मंत्री शत्रुघ्न प्रसाद सिंहले मधेशका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत् नर्सहरुको सीप तथा ज्ञान अभिबृद्धिमा सरकारले ध्यान दिने बताएका छन ।


नेपाल मेडिसिटी बयोधा अस्पताल र नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन काठमाडौको संयुक्त तत्वधानमा बीरगंजमा शुरु भएको दुई दिने कार्यशालाको उद्धघाटन गर्दै मंत्री सिहले यस्तो बताएका हुन ।

 

मंत्री सिंहले संघीयतालाई कार्यान्वयन गर्दै आम जनसमुदायको हितका लागि उपयोग गर्न स्वास्थ्य सेवा एउटा माध्यम हुने बताए ।
मधेश प्रदेशमा आईसियु सेवा दिईरहेका अस्पतालहरुका करिब ७० जना नर्सहरुलाई सघन उपचार पद्धति, नवीनत् ज्ञान र उपचार मापदण्ड तथा सघन उपचारमा प्रयोग हुने औजार, उपकरणहरुका बारेमा स्किल ल्याबमा तालीम दिईएको नेपाल मेडिसिटी अस्पतालका प्रमुख विजय रिमालले बताए ।


अस्पतालको सभाहलमा आयोजना गरिएको बेसिक फर नर्स कार्यशालाको उद्देश्य अस्पतालहरुको उपचार गुणस्तरलाई अभिबृद्धि गर्दै सघन उपचारका लागि मधेश प्रदेशका सबै अस्पतालहरुलाई सक्षम बनाउनु रहेको रिमालको भनाई छ ।

 

साथै मधेश प्रदेशमा आईसियु विशेषज्ञहरुको अभावलाई न्यून गर्ने प्रयास स्वरुप आफूहरुले निकट भविष्यमा चिकित्सकहरुका लागि १ वर्षे फेलोसिप कार्यक्रम बीरगंजमै शुरु गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।


कार्यक्रममा नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनका अध्यक्ष तथा क्रिटिकल केयर विभाग, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका प्रमुख प्रा.डा. सुभास आचार्यले आफूहरुले मधेश प्रदेशको अस्पतालहरुको आईसियु सेवाको गुणस्तर र क्षमतालाई अभिवृद्धि गर्न सहयोग गर्ने बताए ।


क्रिटिकल केयर नर्सिङ्ग एसोसियन अफ नेपालकी भाईस प्रेसिडेण्ट कविता सिटौला,नेकपा एमालेका नेता विचारी यादव, जनता समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष राम नरेश यादव, पत्रकार चन्द्रकिशोर झा, नेपाली कांग्रेस पर्साका उपाध्यक्ष, राम नारायण कुर्मी, परवानीपुर गाउंपालिकाका प्रमुख राम क्षेत्री कुर्मी, वीरगंज महानगरपालिका वडा नं.२३ अध्यक्ष अवध किशोर कुशवाहा, वडा नं २० का अध्यक्ष राम किशोर सिंह लगायतले शुभकामना ब्यक्त गरेका थिए ।


विशेषगरी रेस्पाईरेटोरी प्याथोलोजी, एयरवे म्यानेजमेन्ट, मेकानिकल भेन्टिलेशन, रुटिन नर्सिङ्ग केयर इन आईसियु, कार्डियोभास्कुल फिजियोलोजी, शक म्यानेजमेन्ट, न्यूरोलोजिकल एसेसमेन्ट लगायतका विषयहरुमा ह्याण्डस् अन स्किल स्टेशनको ब्यवस्था गरी प्रयोगात्मक र सैद्धान्तिक ज्ञान र सीप अभिवृद्धि गरिएको उक्त कार्यशाला तालीम ८ जना सिनियर नर्स इन्स्ट्रक्टरहरुले संचालन गर्नु गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.