logo

महानगरमा अब बन्ने सडक साईक्लिङका लागि पनि छुट्याईने 

      11/9/2020 गते 00 00 मा प्रकाशित     1752   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, २४ कार्तिक । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरक्षेत्रमा अब बन्ने सडकहरु साईक्लिङका लागि पनि उपयुक्त बनाउने बताउनुभएको छ ।

वीरगन्ज साईक्लिङक क्लबले आयोजना गरेको अन्तर क्लब साईक्लिलिङ प्रतियोगिताको समापन समारोहमा बोल्दै उहाँले साईक्लिङले महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन आवश्यक प्रतिरोधात्मक क्षमता बढाउनमा र शरीरलाई स्वस्थ राख्ने उपयोगी उपाय भएको बताउनुभयो ।


पछिल्लो समयमा शारीरीक स्वास्थ्यका लागि साईक्लिङ गर्नेहरुको पनि रुची बढ्दै गएकोले सबै परिवारको स्वास्थ्यका लागि यो निकै महत्वपूर्ण रहेको बताउनुभयो । बनिसकेका सडकहरुमा साईक्लिङका लागि छुट्टै व्यावस्था नभएपनि अब बन्ने सडकहरु भने साईक्लिङका लागि पनि निर्माण गरिने बताउनुभयो । वीरगन्जको होटल मकालुदेखि बगहीसम्म १२ किलोमिटरको दूरीको प्रतियोगितामा ऋतिक अग्रवाल प्रथम, बद्री बहादुर अधिकारी दोश्रो र अनुप अग्रवाल तेश्रो भएका छन् ।

प्रतियोगितामा विजय हुनेहरुलाई प्रमुख अतिथि महानगर प्रमुख विजय कुमार सरावगीले कप, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा सहभागितहरुलाई पनि मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिताको निर्णायक भूमिकामा गोविन्द साह र दिप टिवडेवाल रहनुभएको थियो ।

वीरगन्ज साईक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा महानगर प्रमुख सरावगी, नगर प्रमुखका प्रेस सल्लाहाकार गोविन्द देवकोटा लगायतको उपस्थिति रहेको थियो । मानवीय स्वास्थ्य र वातवरण प्रदूषण रोक्नलाई साईक्लिङ निकै उपयोगी सिद्ध भएको क्लबका अध्यक्ष सञ्जय अग्रवालले बताउनुभयो ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.