logo

नारायणी अस्पतालमा नयाँ भर्ना, बिकास समिति बेखवर, लामो समयय देखी खाली दरवन्दीमा हुने नियुक्ति प्रति सर्वत्र चासो

 इसीमाना सम्बाददाता      २०८१ असार २० गते १५: ४२ मा प्रकाशित     1165   पटक पढिएको

बीरगंज । पुगनपुग चार साता अगाडि सेवा प्रवाहमा रहेका ४७ जना प्राविधिक कर्मचारीलाई सेवाबाट निकालेको नारायणी अस्पतालले अहिले फेरी करारमा कर्मचारी नियुक्ति गर्न थालेपछि अस्पतालको नेतृत्व चर्चाको शिखरमा पुगेको छ ।

No photo description available.

अस्पतालका प्रमुख डा. ऐनामुल हक


अस्पतालले निकालेका कर्मचारीमा १२ जना चिकित्सक,१२ जना नर्स,रेडियोग्राफर ५ जना हेल्थ असिसटेण्ट ३ जना र अहेव ४ जना थिए । अन्य गैरप्राविधिक कर्मचारी थिए । यति कर्मचारी निकाल्दा अस्पताल बिकास समितिले बिज्ञप्ति जारी गरेर आफनो असहमती प्रकट गरेको थियो ।

अहिले नयाँ भर्ना प्रक्रियामा समेत अस्पताल बिकास समिति भने बेखवर छ । अस्पताल बिकास समितिका अध्यक्ष धिरज गुप्ता अस्पताललाई जनशक्ति त आवश्यक छ तर त्यसको आपूर्तीको प्रक्रिया भने गलत र अपारदर्शी रहेको बताउछन ।

अस्पतालको बिकासका निम्ति बिकास समिति निर्माण भएको हो उनले भने बिकास समितिको सहभागिता बिनाका कारवाहीहरुका बिषयमा बिकास समिति जवाफदेही हुन नसक्ने बताए ।


अस्पतालका प्रमुख डा. ऐनामुल हकले संघीय सरकारको रिक्त दरवन्दीमा करार नियुक्ति गर्न लागेको जानकारी दिए । उनले यस बिषयमा बिकास समितिको कुनै भूमिका नहुने समेत बताए । उनले अन्य अस्पतालमा पनि यो खालको अभ्यास भएको जीकीर गरे ।

उनले प्रक्रियाको बारेमा पनि आफूहरु ठिक रहेको बताए । उनले मंत्रालयले दिएको सहमतीको आधारमा सात दिने सूचना निकालेको बताए । स्वास्थ्य सेवा अत्यावश्यक सेवा श्रेणीमा पनि पर्ने भएकोले सात दिने सूचना निकालेको उनको दावी छ ।

तर स्वाथ्य तथा जनसंख्या मंत्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी कम्तीमा २१ दिने सूचना निकाल्नु पर्ने बताउछन । बुढाथोकीले अस्पताल बिकास समितिको निर्णयका आधारमा यो प्रक्रिया अगाडि बढनु पर्ने बताए ।

उनले बीरगंजको अवस्थाको बरेमा मैले पनि बुझेर भनुमला तर अत्यावश्यक अवस्था हो होइन त्यही बुझ्नु पर्ने बताए । कोभिड काल जस्तो भयावह अवस्था पनि होइन । स्वास्थ्य सेवाको प्रवाहमा महामारी जस्तो अवस्था पनि होइन ।

वर्षौ देखी खाली भएका दरवन्दीमा एकाएक नयाँ भर्ना गरिनुलाई सबैले अर्थपूर्ण लिएका छ । प्रवक्ता बुढाथोकी पनि लामो समय देखी खाली रहेको दरवन्दीमा सात दिने म्याद राखेर नयाँ भर्ना गर्ने कुरा मनासीब नदेखिने बताउछन ।


नारयाण्ी अस्पतालले असार १४ मा सूचना जारी गर्दै चिकित्सक, स्टाफ नर्ससहितका कर्मचारी भर्ना गर्न करार सेवामा आवेदन खुला गरेको छ । २७ पदमा ३२ जनाको माँग गरिएको छ अस्पतालमा कर्मचारीको रूपमा भर्ना हुनका लागि आवेदन खुला भएको ७ दिनभित्र अस्पतालमै पुगेर आवेदन दिनुपर्ने निमित्त मेडिकल सुपरिडेन्ट डा. हकले जारी गरेको सूचनामा उल्लेख छ।

अस्पतालले जारी गरेको यो सूचनालाई लोकसेवा आयोगले समेत परिपक्व मानेको छैन । लोकसेवा आयोगका एक अधिकारीका अनुसार सार्वजनीक खरिद ऐनको अधिनमा रहेर नयाँ भर्ना प्रक्रिया अगाडि बढाउनु पर्ने हो ।

ति अधिकारीका अनुसार सात दिने सूचनाको आधारमा करार कर्मचारीको नियुक्तिलाई कुनै ऐन कानूनले सिफारिश र सर्मथन गर्दैन । अस्पतालले अत्यावसक सेवाको श्रेणीमा राखेर नयाँ भर्ना प्रक्रियालाई पूर्णता दिने अभ्यास गर्दैछ ।


स्वास्थ्य तथा जनसंख्या मंत्रालयले असार ६ गते देशभरिका २९ बढी सरकारी अस्पतालहरुलाई परिपत्र गरेर तीन दिन भित्र स्वीकृत दरवन्दीको बिवरण बुझाउन निर्देशन दिएको थियो ।

मंत्रालयले सेवा बिस्तार गरिएको योजनाहरुको उल्लेख सहित दरबन्दी सृजनाकोलागि पनि पत्राचार गरेको थियो । तर नारायणी अस्पतालले आफूले बिस्तार गरेको सेवा प्रवाहकालागि आवश्यक जनशक्तिको दरवन्दी सृजना गरेर मंत्रालयलाई भने पठाएको छैन । जनशक्ति आपूर्ती आवश्यक बिषय भएपनि प्रक्रियामा संशय भएको भन्दै यो बिषयलाई राष्ट्रीय सर्तकता केन्द्रमा समेत पठाइएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.