logo

एघार दिनमा १ हजार १ सय २७ पिन्ट रक्त संकलन, तेरापंथ युवक परिषदको अभियानले गर्यो महान काम

 इसीमाना सम्वाददाता     २०८१ असोज ४ गते ०६: १४ मा प्रकाशित     541   पटक पढिएको

वीरगञ्ज । तेरापंथ युवक परिषदले संचालन गरेको रक्तदान अभियान अन्तरगत १ हजार १ सय २७ पिन्ट रक्त संकलन भएको छ । परिषदले १ हजार ५ सय पिन्ट रगत संकलनको लक्ष्य राखेको थियो ।

 

b5463afb-7eb7-455b-81f3-8cf0fe9a3759-IPeci3FvzJqKbXwHqDcgHoVzXjiWrPsyxWGCxZsv.jpg
११ दिन सम्म संचालन भएको अभियानमा बारा र पर्सामा गरेर ठुलो मात्रामा रगत संकलन भएको हो ।

 

भदौ २५ गते देखी शुरु भएको अभियान असोज ४ गते शुक्रवार सम्म संचालन भएको तेरापंथ युवक परिषद वीरगञ्जका अध्यक्ष लोकेश जैनले जानकारी दिए ।

 

रगत संचालनको अभियान र यति धेरै मात्रामा रगत संकलन मध्य तराईमै पहिलो पटक भएको हो ।

शिविरको अन्तिम दिन बाराको शिवशक्ति घ्यू उद्योगमा आयोजित कार्यक्रममा ७२ जनाले रक्तदान गरेका थिए । यसअघि बिहीबार हुलास आइरन उद्योगमा १ सय ७ जनाले रक्तदान गरेका थिए।

 128621d9-58fd-472b-a8dc-df72eb229ed5-pWTLedJYM6K12OULswkRv0lxdPgTycSgYdq9PoxJ.jfif

११ दिने शिविरको क्रममा सबैभन्दा बढी रक्तदान वीरगञ्जको जैन भवनमा गत शनिबार सम्पन्न कार्यक्रममा २ सय ११ जनाले रक्तदान गरेका थिए।


सिमराको हुलास स्टिल उद्योगमा आयोजित कार्यक्रममा १ सय ३० जनाले रक्तदान गरेका थिए। परिषदले १,५०० पोका रगत संकलन गर्ने लक्ष्य राखेको भए पनि गर्मीका कारण रक्तदाताको सहभागिता अपेक्षाकृत कम भएकोले लक्ष्य पूरा गर्न नसकिएको अध्यक्ष जैनले बताए।


संकलित रगत नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा सञ्चालित वीरगञ्ज रक्त सञ्चार केन्द्रमा जम्मा गरिएको छ।

 

परिषदले यसअघि २०७९ सालमा आयोजित एकदिने रक्तदान कार्यक्रममा ४ सय २३ पोका रगत संकलन गरेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.