logo

बीरगंजको छपकैयामा निशुल्क नेत्र तथा दंन्त परिक्षण ६० जनामा मोतिबिन्दु फेला , निशुलक अप्रेशन गरिने

      2/27/2021 गते 00 00 मा प्रकाशित     1640   पटक पढिएको

समुदाय  प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाको आयोजनामा वडा नं छपकैयामा २ मा  निशुल्क आखा तथा दन्त शिवीर कार्यक्रम सम्पन्न भएको छ ।

 

बीरगंज राईजिङ्ग  नेपाल  तथा मार्टिका आई फाउन्डेसन र बीरगंज डेन्टल क्लिनिक एन्ड ईम्पलान्ट सेन्टरको विशेष सहयोगमा शिविर सम्पन्न भएको हो । 


ताराचन्द किशन लाल आधारभुत विद्यालय छपकैया २ को प्राङ्गणमा भएको शिविरमा ९० जना महिला र ४८ जना पुरुष गरि १३८ जनाले चेकजाँच नेत्र परिक्षण गराएका थिए ।

 परिक्षण गरिएका मध्य ६० जनामा मोतिबिन्दु भएको र उनीहरुको केही दिनमा निशल्क अप्रेसन गर्ने माट्रिका आई आफण्डेशनका संयोजक महेश धामीले जानकारी दिनुभयो ।

 

त्यसैगरि आजै दन्त शिबिरमा १४ महिला र १९ पुरुष गरि ३३ जनाले चेकजाँच गरेको डा. रेयाजुल हकले बताउनु भयो ।


सामुदायिक सेवा केन्द्र छपकैया २ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा शिविर सम्पन्न भएको थियो । शिविरमा बीरगंज महागरपालिकाका प्रमुख बिजय सरावगीले मोतिबिन्दुको अप्रेशन मार्फत नागरिकलाई ज्योती फर्काउने आफनो अभियानको बारेमा प्रकाश पार्नु भएको थियो । 


सरावगीको नेतृत्वमा यो वर्ष पर्साका करिव ५ हजार नागरिकको मोतिबिन्दुको निशुल्क शल्यक्रिया गरिएको छ । 

 जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी , स्कुल व्यवस्थापन समितिका अध्यक्ष ताज मिया,  मिनाबजार सामुदायिक सेवा केन्द्रका सचिव ग्यासुदिन देवान , सामुदायिक सेवा केन्द्र छपकैया २ का उपाध्यक्ष मो. अब्दुल हक , कोषाध्याक्ष प्रेम कुमारी सिंह , सदस्य अजित भुजेल , टीका प्रसाईं , अरुण गोयल , जेयाउल हक , प्रहरी सहायक निरीक्षक सन्जिव कुमार यादव , प्रहरी हवल्दार देवेन्द्र पटेल र प्रहरी जवान राजकुमार तामाङ लगायतका स्थानीयहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
   
   स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया २ का सचिव प्रबिण बिक्रम शाहले र कार्यक्रम सन्चालन सदस्य अब्दुल कैशले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.