logo

प्रदेश सभा सदस्य डा.यादवद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

      5/19/2021 गते 00 00 मा प्रकाशित     1079   पटक पढिएको

प्रदेश सभा सदस्य डा.अन्जु यादवले बीरगंजको नारायणी अस्पताललाई  स्वास्थ्य उपकरण तथा समाग्री हस्तान्तरण

गर्नु भएको छ । उहाँले नन इन्भेसिभ भेन्टिलेटर [ वाईप्याप ] १ थान, एम्बु ब्याग २ थान, १ थान, अक्सिजन नेजल क्यानुला ७ थान, अक्सिजन कन्सर्नट्रेटर, डिजिटल वेटिङ मेशिन, डिजिटल एक्सरे भिउअर र फोईटल डपलर १/१ थान र मल्टीभिटामिन एक केस हस्तान्तरण गर्नु भएको हो ।


प्रदेश सभा सदस्य यादवले अस्पतालमै पुगेर कोभिड वार्डको नर्सिङ इन्चार्ज अहेमा थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो।प्रदेश सभा सदस्य डाक्टर यादवले ४ महिनाको तलब बराबरको रकमले कोरोना संक्रमितको उपचारमा आवश्यक उपकरण उपलब्ध गराएको बताउनु भएको छ । 

 

 प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले आफ्नो चार महिनाको तलब बराबर रकमबाट स्वास्थ्य सामग्री खरिद गरेर नारायणी अस्पताललाई दिने घोषणा  जेठ २ गते नै गर्नु भएको थियो ।


बुधबार १ सय ३ जना संक्रमित उपचररत छन् । ७५ बेडको आइसियु र २८ बेडको एचडियु रहेको अस्पतालमा ९ जना भेन्टिलेटरमा छन् । जसमध्ये ५ जना सिप्याप, ३ जना हाइफ्लो नेजल क्यानुला र १ जना इन्भेसिभ भेन्टिलेटरमा राखिएका छन् ।

बुधबार ४ जना नयाँ विरामी भर्ना भएको ४ जना डिस्चार्ज भएको र तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।


 डा.यादवले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गर्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.