logo

महानगरद्वारा अस्पतालको अनुगमन , सेवा शुल्क पारदर्शी बनाउन निर्देशन

      6/3/2021 गते 00 00 मा प्रकाशित     1226   पटक पढिएको

बीरगंज महानगरपालिकाले बीरगंजमा संचालीत अस्पताल , औषधी पसल र प्रयोगशालाहरुको अनुगमन तेश्रो दिन पनि जारी राखेको छ  ।  

बीरगंज महानगरपालिकाले निर्माण गरेको स्वास्थ्य कार्यविधि अन्तर्गत निर्माण भएको अनुगमन समितिले अनुगमन शुरु गरेको हो ।

 

पहिलो दिन समितिले बीरगंजको भवानी हस्पिटल र आशााराम  हस्पिटलको अनुगमन गरेको महानगरको स्वास्थ्य महाशाखाका रितेश जयसवालले जानकारी दिनु भयो ।

 

समितिले बुधवार बीरगंजको तराई र एएमसी अस्पताल निरिक्षण गरेको थियो । बिहिवार समितिल बीरगजको अली हस्पिटल र मेट्रोसिटी अस्पताल सहित केही औषधी पसलको समते  नीरिक्षण अनुगमन गरेको बीरगंज महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख अरुण कुमार महतोले जानकारी दिनु भयो । 


महतोको नेतृत्वमा गएको टोलीले अस्पतालले दिने सेवा र लिने शुल्कको बारेमा अनुगमन गरेको थियो । अनुगमन टोलीले तीन दिन भित्र आफनो संस्थाबाट प्रवाह हुने सेवाको प्रकार तथा लागत रकमको शिर्षक सहितकोे मूल्यसूची आफनो संस्थाको सूचनापाटीमा राख्न निर्देशन दिएको छ ।  

 

महाशाखाका प्रमुख अरुण  महतोले महानगरले दिएको निर्देशनलाई पालना नगरिए कारवाही गर्ने बताउनु भयो  । उहाँले मुनाफा आर्जन गर्ने उद्धेश्यले मापदण्ड पुरा नगरि अस्पताल संचालन भएको पाइएको बताउनु भयो । इजजात नलिएका इजाजत भएपनि नविकरण नगरि संचालनमा रहेका अस्पतालहरुलाई कारवाही गरिने उहाँले बताउनु भयो ।

 

उहाँले अस्पतालले दिने सेवा सुविधाको शुल्क सूचना पाटीमा टाँस गर्न , नागरिक वडा पत्र राख्न, सूचना अधिकारीको सार्वजनीक बोर्ड झूण्ड्याउन अनुगमनको क्रममा ४८ घण्टे निर्देशन दिइएको बताउदै अर्को पटकको अनुगमनमा कार्यान्वयन नभएको पाइएमा कारवाही गरिने महतोले बताउनु भयो ।  महतोले अनुगमन कार्यलाई ठोस  र परिणममुखी बनाईने बताउनु भयो ।


टोलीले बीरगंजमा संचालीत औषधी पसलहरुको पनि निरिक्षण शुरु गरेको छ । औषधी पसल संचालनकालागि फारमेसी अध्ययन गरेको जनशक्ति आवश्यक भएपनि अधिकांश औषधी पसलमा फर्मासिस्ट नरहेको पाइएको अनुगमन समितिका सजन अग्रवालले जानकारी दिनु भयो ।

 

नागरिकको स्वास्थ्य प्रति औषधी पसलका संचालकहरु जिम्मेवार नभएको उहाँले बताउनु भयो । अनुगमन टोलीले औषधी पसल संचालनका बखत देखाइएको फरमासिस्टहरु ४८ घण्टामा पसलमा उपलब्ध नभए कारवाहीको प्रक्रियामा जाने अग्रवालले बताउनु भयो । 

यसैवीच  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले पनि गत आइतवार सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची वेवसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.