logo

नवलपरासीमा जापानीज इन्सेफ्लाइटिसबाट तीनको मृत्यु, नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि

 इसीमाना सम्बाददाता     २०८२ भदौ २३ गते १२: १४ मा प्रकाशित     450   पटक पढिएको

नवलपरासी।  जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीेमा तीन जनाको मृत्यु भएको छ ।

 

 नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । उपचारका क्रममा बर्दघाट नगरपालिका– १२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतपापुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । 

 

विगत डेढमहिनाका अवधिमा उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले  बताए।  

 

सङ्क्रमण विरुद्धको खोप नलगाएका तीन जना वृद्धको जापानीज इन्सेफ्लाइटिस्बाट मृत्यु भएको हो । लामखुट्टेको टोकाइबाट जिल्लामा नौ जनामा डेङ्गीरोग सङ्क्रमण पुष्टि भइसकेको छ । सरसफाइ नहुँदा तीव्र गतिमा सङ्क्रमण फैलिने गरेको छ ।

 

जापानीज इन्सेफ्लाइटिस् र डेङ्गीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहदेखि नै लामखुट्टे नियन्त्रण तथा डेङ्गीको रोकथामका लागि जनचेतना फैलाउने काम भइरहेको छ ।

 

 एडिस एजिप्टी प्रजातिको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट स्वस्थ मानिसमा सङ्क्रमण फैलिन्छ निमित्त प्रमुख शर्माले बताए । 

डाक्टर नुरुलहोदाले डेङ्गीका सामान्य लक्षण उच्च ज्वरो, टाउको दुखाइ, आँखा भन्दा पछाडि दुख्ने, स्नायु र मांसपेशी दुख्ने खाना नखाने जस्ता लक्षण देखिन्छ । समयमा उपचार नपाएपछि सङ्क्रमितको मृत्यु हुनसक्छ ।

 

जापानीज सङ्क्रमण इन्सेफलाइटिस् व्यक्तिको मस्तिष्कमा हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग लागेपछि मस्तिष्क सुन्निने, पक्षाघात हुने, रिङटा लाग्ने बेहोस हुने, मृत्युसमेत हुनसक्ने डा . होदाको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.