logo

महानगका तीन वडा  पूर्ण खोपयुक्त वडा घोषणा ,प्रमुख सरावगीद्वारा स्वास्थ्य चौकीकोे उद्वघाटन 

      6/28/2021 गते 00 00 मा प्रकाशित     1628   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाले वडाहरुलाई पूर्ण खोप घोषणा सहित गर्भवती महिलाहरुलाई पौष्टिक आहार समेत वितरण गरेको छ ।

 

महानगरपालिकाले आज वडा नम्बर १०, ११ र १६ लाई पूर्ण खोपयुक्त वडा घोषणा गर्नुको साथै गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरणको समेत सुरुवात गरेको महानगरपालिकाका सामाजिक तथा स्वास्थ्य महाशाखाका प्रमुख अरुण कुमार महतोले जानकारी दिनुभयो ।

 

महानगर क्षेत्रका चार हजार गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गर्ने कार्यक्रम अनुसार आज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १० का पाँचजना गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरेर शुभारम्भ गर्नुभएको हो ।

 

महानगर प्रमुख सरावगीले गर्भवती र प्रसुती महिलाहरुलाई अंण्डा, खाने तेल र नुन वितरण गर्नुभएको हो । त्यस्तै नगर प्रमुख विजय कुमार सरावगीले नम्बर १० मा निर्माण सम्म्पन्न भएको आधारभुत स्वास्थ्य चौकी भवनको उद्वघाटन गर्नु भएको छ ।

 

करिब ४८ लाखको लागतमा निर्मित स्वास्थ्य चौकी भवनको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उदघाटन गर्नुभएको हो । वडा अध्यक्ष रामनगिना साह कानुको अध्यक्षतामा कार्यक्रम भएको हो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.