logo

औषधी बिक्रेताहरु आन्दोलीत,  औषधि ऐन २०३५ को दफा ११(५) खारेज गर्न माँग, औषधि ब्यवस्था कार्यालयमा धर्ना

      २०८२ मंसिर १४ गते ०२: ३२ मा प्रकाशित     359   पटक पढिएको

वीरगंज ।  औषधि ऐन २०३५ को दफा ११(५) खारेज गर्नुपर्ने मागसहित औषधि व्यवसायीहरू देशभर आन्दोलनमा उत्रिएका छन्। व्यवसायीहरूको विभिन्न संगठनले उक्त प्रावधान व्यवसायमैत्री नभएको र साना–मध्यम औषधस् पसल प्रभावित हुने भन्दै विरोध कार्यहरू सुरु गरेका हुन्।

 

 ब्यवसायीहरुले यो प्रावधान खारेजीको माँग गर्दै बिहान वीरगंजका मेडिकलका दोकानहरु मन्द गरेका छन । उनीहरुले बिहान ११ बजे देखी २ बजे सम्म औषधी ब्यवस्था बिभागको ब्रहम्चोकमा रहेको कार्यालयमा धर्ना दिएका छन ।

 

व्यवसायीहरूले दफा ११(५)ले औषधि बिक्री–वितरणका लागि अत्यधिक कडा मापदण्ड तोकिएको, ग्रामीण क्षेत्रमा सेवा प्रभावित हुने, नयाँ व्यवसाय सुरु गर्न कठिन हुने र अनुगमनभन्दा बढी दण्ड  संस्कृति बढ्ने जस्ता समस्या आउने दाबी गरेका छन्। त्यसैले उपदफा खारेज गरी व्यवहारिक तथा समयानुकूल कानुन बनाउन सरकारलाई आग्रह गरिएको छ।

May be an image of one or more people and text

आन्दोलन अन्तर्गत व्यवसायीहरूले चरणबद्ध विरोध, ज्ञापनपत्र बुझाउने र आवश्यक परे सडक आन्दोलनसम्म लैजाने तयारी गरेका छन्। यस्तै, आम नागरिकलाई आफ्नो अभियानमा समर्थन जनाइदिन आधिकारिक पेज लाइक, शेयर तथा फलो गर्न व्यवसायी संगठनले आग्रह गरेको छ।

 

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवसायीहरूको गुनासा सुनी सुधारका सम्भावनाबारे अध्ययन गर्ने संकेत दिएको छ। तर दफा ११(५) खारेज वा संशोधनबारे भने अहिलेसम्म औपचारिक निर्णय आएको छैन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.