logo

चप्पलमा गान्धी भारत रुष्ट

चप्पलमा गान्धी भारत रुष्ट

      1/19/2017 गते 00 00 मा प्रकाशित     2377   पटक पढिएको


माघ ६ /भारतीय स्वतन्त्रता आन्दोलनका शिर्ष ब्यक्तित्व “बापु” महात्मा गान्धीको तस्बिर भएको चप्पल अनलाइन सप अमेजनमा सार्वजनिक भएको छ । चप्पलमा गान्धीको फोटो आएपछि भारत रुष्ट भएको छ । भारतको राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गनुपर्ने आवाज उठेको केही दिनमै गान्धीको तस्बिर भएको चप्पल पनि सार्वजनिक भएको हो ।   

गएको बुधबार आफ्नो राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गर्नुपर्ने र माफी माग्नुपर्ने भन्दै भारतले आवाज उठाएको थियो । डोरम्याटमा राष्ट्रिय झण्डा प्रयोग भएको बारे भारतीय विदेश मन्त्री सुष्मा स्वराजले कम्पनी विरुद्ध कडा रुपमा प्रस्तुत हुने धम्की दिएकी थिइन् । अमेजनले आफ्नो साइटबाट डोरम्याट बिक्रीका लागि हटाएपनि फेरि गान्धीको तस्बिर भएको चप्पल ल्याएको डेली मेलमा खबर छ ।

भारतीय जनतको संवेदनशीलता र भावनाको सम्मान हुनपर्ने भारतको माग छ । अमेजनको साइटमै पनि धेरै जनाले अरुको संवेदनामाथि खेलबाड गर्दै त्यस्ता सामग्री बिक्रीका लागि राख्नु गलत भएको प्रतिक्रिया दिएका छन् । 

‘अमेजनको लज्जास्पद काम, पहिले भारतको राष्ट्रिय झण्डा अनि अहिले महात्मा गान्धी’ एकजनाले प्रतिक्रिया दिएका छन् । यस्तै अर्काले लेखेका छन, ‘तपाइँ आफ्नो चप्पलमा आफ्ना बा र हजुरबाको तस्बिर राखेर लगाएको सम्झनुस, कति सजिलो हुन्छ त्यस्तो लगाउन ? त्यसले कस्तो खाले सम्मान र स्नेह मिल्छ ?’ 
गान्धीको तस्बिर छापिएको चप्पलको मूल्य झण्डै १७ अमेरिकी डलर राखिएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.