logo

टर्कीद्वारा विकिपिडियाको पहुँचमा प्रतिबन्ध

      4/29/2017 गते 00 00 मा प्रकाशित     1489   पटक पढिएको

टर्की, १६ वैशाख । टर्कीले विकिपिडियाको अनलाइन विश्वकोष प्रयोगमा स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेदेखि प्रतिबन्ध लगाएको यहाँको दूरसञ्चारको नियमनकारी संस्थाले शनिबार जनाएको छ ।


टर्कीले राष्ट्रिय सुरक्षा एवम् राज्य विरोधी गतिविधिमा प्रयोग भएको कुनै पनि वेबसाइटमाथि प्रतिबन्ध लगाउन सकिने कानुनी प्रावधान भएअनुसार विकिपिडिया टर्कीको हितमा नभएको भन्दै विकिपिडिया अनलाइन विश्वकोषमाथि प्रतिबन्ध लगाइएको हो ।


टर्कीको यस निर्णय यहाँका मानवअधिकारकर्मी तथा पश्चिमी गठबन्धनका लागि विशेष चासोको विषय हुन सक्ने विकिपिडियामाथिको प्रतिबन्धपछि विज्ञहरु बताउँछन् ।


यहाँका मानवअधिकारवादी सङ्गठन तथा टर्कीको पश्चिमा गठबन्धन राष्ट्रहरुले सन् २०१६ को जुन १५ मा भएको असफल राज्य विद्रोहपछि टर्की प्रशासनले नागरिकको वैयक्तिक स्वतन्त्रता तथा अन्य आधारभूत मानवअधिकारसम्बन्धी प्रावधानमा धेरै कटौती गरेको जनाएँदै आएका छन् ।


प्राविधिक मूल्याङ्कन र कानुनी विवेचनापछि विकिपिडियाको अनलाइन सेवाविरुद्ध प्रशासनले पछिल्लो कदम लिएको विटिके दूरसञ्चार प्रदायक संस्थाले आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा जनाएको छ ।


विकिपिडियाविरुद्ध लगाइएको प्रतिबन्ध कार्यान्वयनमा लान टर्कीको कानुनअनुसार विटिकेले निर्णय २४ घन्टाभित्र अदालतमा पेस गर्नेछ । अदालतले निर्णय उपयुक्त छ वा छैन भनी दुई दिनभित्र दिनेछ । यदि अदालतबाट राष्ट्रिय हित विपरीत प्रयोग भएको भनी राय आएमा विकिपिडियाविरुद्ध लगाइएको प्रतिबन्ध कार्यान्वयन हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.