logo

निर्वाचन अभियानका क्रममा सांसदको मृत्यु

      5/6/2017 गते 00 00 मा प्रकाशित     1489   पटक पढिएको

पेरिस ९फ्रान्स०, २३ वैशाख । फ्रान्सको राष्ट्रपतिको निर्वाचन अभियानका भाषण दिइहेकाबेला मञ्चमा बेहोस बनी ढलेका समाजवादी दलका सांसदको रिन एर्हेल, ५० को शनिबार निधन भएको उक्त दलले जनाएको छ ।


राष्ट्रपतिका उम्मेदवार इम्यानुयल म्याक्रोनलाई मतदान गर्न सर्वसाधारण फ्रान्सेली नागरिकलाई मञ्चबाट आकर्षक वक्तव्य दिइरहेका एर्हेल मञ्चमा ढलेपछि तत्कालै उपचारका लागि अस्पताल पु¥याइए पनि अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो ।


राष्ट्रपति निर्वाचनमा सशक्त रुपमा खटिरहनुभएका एर्हेलको अभियानका क्रममा मृत्यु भएको खबरले हामीलाई मर्माहत तुल्याएको छ । फ्रान्सको तल्लो सभाका सभामुख क्लाउनड बार्टोलनले भन्नुभयो । बार्टोलनका अनुसार उहाँ प्लाओजीमा निर्वाचन अभियानका क्रममा खटिनुभएको थियो ।


सन् २००७ देखि फ्रान्सको सांसद रहनुभएकी उहाँ संसदीय क्रियाकलापमा सधैँ लगनशील देखिनुहुन्थ्यो, समाजवादी नेता तथा राष्ट्रपति फ्रास्वाँ अलान्दले मृतक सांसदलाई स्मरण गर्नुभयो । एर्हेल म्याक्रोको निर्वाचन अभियानमा सक्रिय रुपमा लाग्नुभएको थियो । फ्रान्समा राष्ट्रपति निर्वाचनका लागि दोस्रो चरणको निर्वाचन आइतबार हुने कार्यक्रम छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.