काबुल, २ मङसिर (रासस÷सिन्ह्वा) : अफगानिस्तानमा गत एक हप्ताको अवधिमा विभिन्न कारणले तीन जना अफगानी पत्रकारको मृत्यु भएको छ ।
एक हप्तामा तीन जनाको मृत्यु भएको हो भने अरु केही घाइते पनि भएको संचार माध्यम समर्थक एक संस्थाले शनिबार जनाएको छ ।
अफगानिस्तानमा यस बर्षको छ महिनामा लडाकूहरुको आक्रमणमा परी १० जना पत्रकारको मृत्यु भएको छ ।
यसैबीच, अफगानिस्तानमा सुरक्षा अधिकारी र आतङ्ककारीबीच शुक्रबार भएको झडपमा परी एक प्रहरी र छ आतङ्ककारीको मृत्यु भएको छ ।
अफगानिस्तानको पूर्वी प्रान्तमा पर्ने गजनीमा भएको झडपका क्रममा अन्य १५ पनि घाइते भएको प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् । आतङ्ककारी लडाकू तालीवान लडाकू भएको बताइएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
बीरगंज । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।
सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया