जिप्टकोे सुरक्षा कारबाहीमा १४ विद्रोहीको मृत्यु, १४ जना पक्राउ
11/29/2017 गते 00 00 मा प्रकाशित
1867 पटक पढिएको
काएरो, इजिप्ट, १२ मङसिर (रासस/सिन्ह्वा): इजिप्टको उत्तरपूर्वी इश्मालिया तथा सिनाई प्रान्तमा केही दिन पहिले एक मस्जिदमा भएको आतङ्ककारी आक्रमण पछि सरकारी प्रहरी र सेनाले गरेको सुरक्षा कारबाहीमा १४ जना विद्रोहीको मृत्यु भएको छ भने १४ जनालाई सुरक्षा नियन्त्रणमा लिइएको सेनाले मङ्गलबार जारी एक वक्तव्यमा जनाइएको छ ।
गत शुक्रबार उत्तरी सिनाइ राज्यको एक गाउँमा ३०५ जनाको ज्यान जाने गरी विस्फोट गराएपछि सञ्चालन गरिएको सुरक्षा कारबाहीमा आतङ्ककारीले आश्रयस्थल बनाई बसेको क्षेत्रबाट ठूलो पैमानामा हतियार, विष्फोटक पदार्थ तथा बन्दोबस्तीका सामग्रीलाई नियन्त्रणमा लिइएको बताइएको छ । उक्त आक्रमणमा १२८ जना घाइते भएका थिए ।
गृह मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिनाइ तथा इश्मालिया राज्यमा गरिएको खानतलासीमा ११ जना सशस्त्र विद्रोहीको मृत्यु भएको छ । त्यसैगरी देशका अन्य भागमा अन्य तीन जनाको मृत्यु भएको छ । उक्त अभियानमा १४ जना विद्रोहीलाई सुरक्षा नियन्त्रणमा लिइएको छ ।”
विद्रोहीले राज्य विरुद्ध आक्रामक हिंसाको तयारी गरेको उक्त आश्रयस्थललाई सेनाले ध्वस्त पारिदिएको दावी गरेको छ । शुक्रबारको आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि सरकारले इश्लामिक स्टेटसँग निकट सिनाइस्थित क्षेत्रीय आतङ्कवादी समूह नै घटनाको योजनाकार रहेको बताउदै आएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।
वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।
ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
तपाईको प्रतिक्रिया