सिरियाली सरकारले शान्ति वार्तामा सहभागिता जनाउँछ: राष्ट्रसङ्घ प्रतिनिधि
11/29/2017 गते 00 00 मा प्रकाशित
1629 पटक पढिएको
जेनेभा, १२ मङसिर (रासस/सिन्ह्वा): संयुक्त राष्ट्रसंघको पहलमा स्वीट्जरल्याण्डको जेनेभामा हुन लागेको आठौँ चरणको वार्तामा सहभागिता जनाउन सिरियाली राष्ट्रपति बसर अल असदको नेतृत्वको सरकारको प्रतिनिधित्व गर्दै एक प्रतिनिधिमण्डल बुधबार जेनेभा आइपुग्ने राष्ट्रसंघका अधिकारीले मङ्गलबार जनाएका छन् ।
जेनेभास्थित राष्ट्रसंघको सूचना विभागका निर्देशक अलेसान्द्रा भेलुक्सीले शान्तिवार्ता जानकारी गराउन पत्रकारसँग गरेको संक्षिप्त भेटघाटमा मङ्गलबार शुरु हुने गरी तय भएको कार्यक्रममा उनीहरू उपस्थित नभएपनि एक दिन ढिलो गरी सहभागिताका लागि आउने जानकारी सिरियाका लागि राष्ट्रसंघका विशेष दूत स्टेफेन डे मिस्टुरालाई प्राप्त भएको बताउनुभयो ।
सिरियाली विपक्षीहरूको प्रतिनिधिमण्डल भने जेनेभा आएसकेको मिस्टुराले जनाउनुभयो ।
यही सोमबार मिस्टुराले सरकारीपक्षले वार्तामा सहभागिता जनाउने कुनै प्रतिवद्धता नआउको बताउनुभएको थियो । उहाँले दुवै पक्षलाई वार्ताका लागि खबर गरिए पनि सरकारबाट वार्तामा सहभागिता जनाउने वा नजनाउने केही जवाफ दिएको थिएन ।
उहाँले ‘वास्तविक वाता र असली कुटनिति’का लागि दुवै समूहलाई वार्तामा बोलाइएको बताउनुभयो ।
राष्ट्रसंघ सुरक्षा परिषद्ले पनि सवै सिरियाली पक्षलाई सक्रिय उपस्थिति जनाउन अनुरोध गरिसकेको छ ।
सन् २०११ मा शुरु भएको सिरिया युद्धका कारण तीन लाख ३० हजार सिरियालीले ज्यान गुमाएका छन् भने मुलुकको झण्डै आधा जनसङ्ख्या विस्थापित बनेको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।
वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।
ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
तपाईको प्रतिक्रिया