एडेन, यमन, १४ माघ, / यमनको बन्दरगाह शहरमा सरकारी सेना र दक्षिणी सङ्क्रमणकालिन परिषद् सम्बद्ध शक्तिबीच आइतबार भएका शसस्त्र झडपमा परी दुवैपक्षका गरी कम्तिमा १५ जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
मृतकमध्ये तीन जना सामान्य नागरिक परेका अस्पतालले जनाएको छ । घटनामा दर्जनौँ घाइते भएका बताइएको छ ।
विद्रोहीले आह्वान गरेको ‘शान्तिपूर्ण प्रदर्शन’मा रोक लगाउन सरकारले गरेको कडा निर्देशनलाई पालना नगरेपछि साउदी अरब गठबन्धन अन्तर्गतको सरकारी सेना र विद्रोहीबीच खोरमास्कर क्षेत्रमा झडप भएका थियो । घण्टौँ लामो शसस्त्र झडपपछि एडेनलाई विद्रोहीले कब्जामा लिएका छन् ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।
तपाईको प्रतिक्रिया