logo

अध्यक्ष सापकोटाको चरम गुटबन्दीका कारण एनआरएनए स्पेन धरापमा पर्ने संकेत

      3/3/2018 गते 00 00 मा प्रकाशित     2910   पटक पढिएको

स्पेन, १९ फागुन । 
गैरआवाशिय नेपाली संघ राष्ट्रिय समन्वयन समिति स्पेनका अध्यक्ष चिन्तामण्णी सापकोटाको राजनीतिक गुटबन्दीका कारण धरापमा परेको छ ।

 

संघको नेतृत्व समाले देखि काम भन्दा गुटबन्दी तथा एनआरएनएको ग्रुपमा हाई हेलो, के छ खबर  बधाई तथा शुभकामना र चियाकफि गफले गर्दा काम गर्ने अन्य पदाधिकारीहरु समेत अध्यक्षको कार्यशैली तथा गतिविधिबाट रुष्ट बन्दै गएकाछन् । 


स्पेनभरी रहेका विभिन्न नेपालीहरुलाई झुटो आश्वासन दिदै गुटबन्दी गर्नका लागि समुह बनाउदै हिड्ने गरेको गुनासो बढदो छ । सामाजिक संस्थामा राजनीतिकरण नगर्ने भन्दै निर्वाचन अगाडि गरेका प्रतिबद्धताहरुलाई धोती लगाउदै विधान,बिपरित आफ्नो झोला बोक्ने समुहका ब्यत्तिहरुलाई एनआरएनएमा मनोपली ढंगबाट  मनोनित गर्ने गरेको भन्दै आलोचना हुने गरेको छ । 

 


एनआरएनए स्पेनको पुर्ण बैठक नै नबसि कार्यसमिति चयन गरिएकोमा संस्थाका पदाधिकारीहरुले । संघमा आउदा ल्याईएका घोषणापत्र तथा प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्नको साटो गुटबन्दी तथा आफ्नो मागीखाने भाडो बनाउने गरेको भन्दै आजभोली सामाजिक संञ्चालमा ब्यङ्य सहित विरोधहरु ब्यापक हुने गरेको छ ।

 

संघको नेतृत्वमा आएको नौ महिना वितिसक्दा समेत अध्यक्ष सापकोटाले न एनआरएनएको कार्यालय नविकरण प्रकृयामा लगेका छन् न त कार्यालयलाई ब्यवस्थित बनाउन सकेकाछन् । एनआरएनए स्पेनको नेतृत्व समाले देखि खादा र सम्मान तथा चियाकफि गफ बाहेक केहि ठोस काम हुन नसकेकोमा विरोधका आवाजहरुले कफिगफमा प्राथमिकता पाएको छ ।

 


एनआरएनए स्पेनले हालै सल्लाहाकार तथा नेपाली दुताबासमा हेल्प डेक्स राख्ने भन्दै अध्यक्षले आफु खुशि आफ्ना झोला बोकाउन योग्य ब्यतिहरुलाई मनोनित गरेकोमा चर्को विरोध कार्यसमितिभित्र समेत भैरहेको श्रोतले बतायो ।

 

एनआरएनए युरोप उप संयोजक एकराज गिरी समेत म्याड्रिडमा नै विगत केहि समय देखि स्थाई बसोबास गर्दै आएको भएता पनि पुर्ण रुपमा उपसंयोजकलाई र क्षेत्रिय समिति म्याड्रिडलाई समेत पाखा लगाउदै आफ्नो संम्योजकत्वमा कमिटि गठन गरेका छन् ।

 

एनआरएन स्पेनको कार्यालय बार्सिलोनामा भएकाले नेपाली राजदुताबासलाई प्रत्यक्ष सहयोग एनआरएनए क्षेत्रिय समिति तथा युरोप उपसंयोजकले कार्यालय ब्यवस्थापन देखि कार्यालय खोज्न समन्वयन भुमिका खेलेका एनआरएनएका प्रतिनिधिहरुलाई आफ्नो गुटका नभएको भन्दै पाखा लगाईएकोमा चर्को विरोधहरु भैरहेको छ । 
 नेपाली राजदुताबास म्याड्रिडमा स्थापना तथा ब्यवस्थापनमा अहोरात्र लागेर ब्यवस्थापनमा भुमिका निर्वाह गर्नेहरु म्याड्रिड बस्ने र दैनिक दुताबास संग समन्वयन हुने हुदा बार्सिलोना बस्ने अध्यक्ष सापकोटा पछाडी परिने हो कि भन्ने डरले क्षेत्रीय समितिहरुलाई वेवास्ता गरिरहेका छन । 

 


  
अध्यक्ष सापकोटाले बाटोमा हिड्दा तपाईलाई ल्याउन लागेको साथिहरुले विरोध गरे मैले ल्याउन लागेको के गर्नु काम गर्न दिएनन् भन्दै झुटो बोल्ने गरेका छन । एनआरएनए स्पेनको कार्यशैली संन्तोषजनक नभएका कारण पौष २४ अर्थात जनवरी ८ मा बार्सिलोनामा कामको शिलशिलामा हृदयघात भई मृत्यु बरण गरेका लम्जुङ्ग स्थाई घर भएका २७ वर्षे अमरजङ्ग गुरुङको परिवार समेत स्पेन आउन सकेनन् ।

 

मृतक गुरुङको परिवार ल्याउन गुरुङ्ग समाजले एनआरएनएलाई झक्कझकाएको भएता पनि एनआरएनए नविकरण नभएका कारण देखि अध्यक्षको गुटबन्दीका कारण नेपालबाट कोहि पनि गुरुङ्गको अन्तिम पार्थिब शरीरलाई लैजानका लागि स्पेन आउन सकेनन् । 

 


गुरुङ्ग समाजले सामाजिक संस्था एनआरएनएले सकारात्मक भुमिका खेलिदिन आग्रह गरेको भएता पनि गुटबन्दीका कारण बार्सिलोनामा आयोजित अन्तिम श्राद्धाञ्जली कार्यक्रमको सुचना समेत अबेर गरी राति एघार बजे मात्र एनआरएनएबाट जारी गरिएकोमा बार्सिलोनाका सबै नेपालीहरु ढिलो सूचना जारि भएको भन्दै रोष ब्यक्त गरेका थिए । ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.