logo

सेल्फी खिचेको निहुमा मलेशियामा एक नेपाली युवा हिरासतमा ,दुतावाससंग गुहार 

      3/9/2018 गते 00 00 मा प्रकाशित     2098   पटक पढिएको

काठमाडौ  २५ फाल्गुन । 

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियाको क्वालालम्पुर -नगरी सेम्बिलान, सेरेम्बान (दुई )(Seremban 2) स्थिति कार्कोसा आवासीय क्षेत्रमा (Carcosa Residentail Area) बिगत लामो समय देखि सुरक्षा गार्डमा बल बहादुर शाहीले काम गर्दै आएका छन्।

नेपाल बाँके जिल्ला कोहपुर नगरपालिका, गाभर का बल बहादुर शाहीले पाँच बर्षिया बालिका सङ्ग संगै काखमा राखेर तस्बिर (सेल्फी)लगेकै कारण हाल मलेशिया स्थित पुलिस हिरासतमा छन् ।
उनले काम गर्ने अपार्टमेंटमा ड्यूटी समयकै क्रममा उक्त एरियामा सुरक्षाको लागी गस्ती गर्दै जादा अपार्टमेंट बाहिर रोडमा खेलिरहेको बच्चाले एक्कासि अंकल भन्दै आएपछि, उनले आफ्नो छोरीको जस्तै माया गरेर तस्बिर(सेल्फी)लगेका थिए।

उक्त सेल्फी लिएकै कारणवश बालिकाका पिताले बल बहादुर शाहीलाई पुलिस रिपोर्ट गराएर गिरफ्तार गरेका छन्। बल बहादुर शाहीले हाल आएर कठोर खालको झुट्टा मुद्दाको सामाना गर्नुपरेको छ।

दुई हप्ता हुदासम्म विना कारण आफन्त र घर परिवार लाई कुनै जानकारी नगराई हिरासतमा राखिएको र झुट्टा मुद्धा लगाउने तयारी गरेको छ ।मुद्धा लगाएर जेल चलान हुन सक्ने त्यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ।

पीडित शाही लाई स्थानीय भाषाको राम्रो जानकारी नहुनु र त्यहाँको कानुन बारे अनविज्ञका कारण उनलाई झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको भनी पीडितका आफन्तले सम्बंधित पक्ष “नेपाली दूतावास”मलेसिया र अन्य संघ-संस्था लाई सहयोगका लागि अपिल समेत गरेका छन।

उनी कैलास म्यानपावर मार्फत ( RL KAWALAN PRO ) SDN. BHD, सेक्युरेटी कम्पनीमा आएका हुन। सेक्यूरेटी कम्पनीले उनलाई छुंटाउन पहल गरे पनी केही परिणाम निकाल्न सकेको छैन।

हाल मलेशियामा कार्यरत नेपालीहरुले यस्ता कैयौ झुट्टा मुद्धा , हत्या हिंसा, लुटपाट, र बलत्कार जस्ता घटनहरुको सामाना गरिरहेको अबस्थामा नेपाली दुतावासले सन्तोषजनक काम गर्न सकिरहेको छैन्।त्यसर्थ सोही डरका कारण ,उहाँका आफन्त र परिवारजनले नेपाल सरकार , मलेशिया स्थिति दुतावास एवं संघ-संस्था संग सहयोगको लगि सार्वजनिक अपिल समेत गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.