logo

तेलंगाना बिधान सभामा नागरिकता कानूनमा छलफल मुख्यमंत्री भन्छन मेरै जन्मप्रमाण पत्र छैन

      3/10/2020 गते 00 00 मा प्रकाशित     1320   पटक पढिएको

हैदराबाद २७ फाल्गुण । तेलंगानाका मुख्यमंत्री  के चंद्रशेखर रावले आफूसंग आफनो जन्म प्रमाण पत्र नभएको र यस्तो अवस्थामा आफनो पीताको कागजपत्र काहा बाट ल्याउने भन्दै प्रतिप्रश्न गर्नु भएको छ । 
नवभारत टाइम्सको रिपोर्टका अनुसार , मुख्यमंत्री रावले तेलंगाना बिधानसभालाई सम्बोधन गर्ने क्रममा नागरिकलाई  नागरिक संशोधन कानून (सीएए), राष्ट्रीय जनसंख्या रजिस्टर (एनपीआर) र राष्ट्रीय नागरिकता रजिस्टर (एनआरसी) जर्वजस्त किन लाद्न खोजिएकोमा आश्चर्य ब्यक्त गर्नु भएको हो

रावले  राष्ट्रीय जनसंख्या रजिस्टर (एनपीआर) को नयाँ प्रारूपका बारेमा चर्चा गर्दै भन्नु भयो “जव म संग जन्म प्रमाणपत्र छैन  अनी मैले मेरो बुबकाको जन्म प्रमाण पत्र काहाबाट ल्याउने । यो मेरो लागि पनि चिन्ताको कुरा हो । म गाउँमा जन्मेको मान्छे त्यतीबेला कुनै अस्पताल थिएन । गाउँ बुझेका मान्छेले जन्म पात्रो लेखिदिन्थे त्यसमा आधिकार छाप पनि लगाइदैन्थ्यो । 
उहाँले भन्नु भयो “म जन्मिदा ५ सय ९० एकड जमिन थियो एउटा महल पनि थियो मैले आफनो जन्म प्रमाणपत्र पेश गर्न सक्दिन भने दलीत आदिवासी र गरिवले जन्म प्रमाणपत्र काहा बाट ल्याने  । 
मुख्यमंत्री रावले सम्बिधानले देशका हरेक नागरिकलाई बराबरको अधिकार दिएको चर्चा गर्दै अहिले ल्याउन खोजिएको कानून सम्बिधानको मूल भावना बिपरित रहेको बताउनु भयो । उहाँले तपाई खास कुनै एक धर्मको साथ कसरी भेदभाव गर्न सक्नुहुन्छ ? कुनै पनि सभ्य समाजले यस्तो  कानूनलाई सहन गर्न गर्न नसक्ने बताउनु भयो ।   संयुक्त राष्ट्र लगायतका संसार भरी यिनै कानूनको बिषयलाई लिएर चर्चा भइरहेको छ । हामी यही देशका हिस्सा हौ हामी शान्त रहदैनौ हाम्रो सीमामा रहेर जे गर्न सकिन्छ त्यो गर्छौ भन्दै मुख्यमंत्री रावले आफूहरु कोहीसंग नडराउने बताउनु भयो ।  

उहाँले तेलंगाना राष्ट्र समितिका आफना केही  प्राथमिकता र  सिद्धांत छन त्यो संग तेलगंनाले कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाउनु भयो । 

मुख्यमंत्री रावले सदनमा यो मुद्धामा भरपुर बहस गरेपछि संकल्प प्रस्ताव पारित गर्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो त्यो संकल्प प्रस्तावले पुरा देशलाई यि कानूनको बिषयमा एउटा मजवुत सन्देश दिन सकोस किन भने यो बिषय देशको भविष्य सम्बिधान र दुनियमा उसको कदसंज जोडिएको छ । उहाँले यस्तै कानूनका कारण देको सम्मान कम हुदै गएकोमा चिन्ता ब्यक्त गर्नु भयो । उहाँले भन्नु भयो “ हामी यही देशको हिस्सा हौ आफनो सीमामा बसेर हामी लडाई जारी राख्छौ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.