logo

बिहारको प्रमुख अस्पताल एनएमसीएचका चिकित्सकद्वारा पन्ध्र दिन क्वारेन्टाइनमा राख्न सरकरसंग माँग

      3/28/2020 गते 00 00 मा प्रकाशित     1487   पटक पढिएको

पटना १५ चैत ।बिहारको राजधानी पटनामा रहेको नालंदा मेडिकल कलेज एवं अस्पतालका कनिष्ठ ८३ चिकित्सकहरुले आफूहरुमा कोरोनाको संक्रमण  हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन । 

द हिदूको रिपोर्ट मुताविक उनीहरुले अस्पतालका प्रमुखलाई पत्र लेखेर आफूहरुलाई १५ दिन क्वारेन्टाइनमा राख्न अपिल गरेका छन । उनीहरुले कोरोना भाइरसबाट संक्रमीत हुने भयका कारण यस्तो अपिल गरेका हुन ।

एनएमसीएचलाई बिहारको पहिलो  कोरोनाबाट संक्रमित  हुने रोगीहरुलाई उपचार गर्ने अस्पतालको बनाउने घोषणा गरिएको छ । जुन अस्पताललाई राज्यको प्रमुख कोरोना संक्रमीतहरुको उपचारको अस्पताल घोषणा गरिएको छ त्यसकै चिकित्सकले आफूहरुलाई क्वारेन्टाइनमा राख्न माँग गरेर चुनौती खडा  गरिदिएका छन । 

एनएमसीएचका कनिष्ठ चकित्सकको पत्र अस्पताल प्रमुखले राज्यका स्वास्थ्य सचिव संजक कुमारलाई पठाएका छन । 
खासमा कनिष्ठ चिकित्सकहरुको चिन्ता पर्याप्त सुरक्षा अभावमा हो । अस्पतालमा नीजी सुरक्षात्मक उपकरण (पिपिई) एन (९०) मास्क र पंजा सुरक्षा गाउँनको अभाव रहेको छ । त्यहीका कारण पनि चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका हुन ।


एनएमसीएचका कनिष्ठ चिकित्सकहरुको संघका अध्यक्ष डा.रवि रंजन कुमार रमन ले सबै खालको सुरक्षा उपकरण मेडिकल किट मास्क बिना आफूहरुले काम गरिरहेको बताउनु भयो ।त्यसै कारणले भाइरस संक्रमण आफूहरुलाई हुने प्रवल सम्भावना रहेको बताउनु भयो । हामी मध्य कतिपय  चिकित्सकमा भाइरसको लक्षण छ तर कसैले हाम्रो कुरा सुनिरहेको छैन डा.रमनले भन्नु भयो ।

अस्पतालमा  सुरक्षा उपकरणहरु छैनन हामी त्यसको प्रतिक्षा गरिरहेका छौ उहाँले भन्नु भयो“प्रतिक्षाको समयमै हामीले उपचार गरिरहेका छौ र आफूहरु मर्ने प्रतिक्षा गरे जस्तो भएको छ । राज्यका स्वास्थ्य सचिवले भिडियो कन्फ्रेन्स मार्फत समस्याको बिषयमा ब्यवस्थापनको प्रयास गरिरहेका छन ।

२३ मार्चाका दिन मुख्यमंत्री नितिश कुमारले चिकित्सक र पारमेडिकल कर्मचारीहरुकोलागि एक महिनाको तलव बराबरको राशी साहायता घोषणा गर्नु भएको छ ।कनिष्ठ चिकित्सकहरुले मुख्यमंत्रीले घोषणा गरेको राहत रकमबाटै उनीहरुकालागि पिपीई किट र मास्क उपलब्ध गराउन पत्रमा उल्लेख गरेका छन ।


देशको यूनाइटेड रेजिडेंट्स एंड डॉक्टर्स एसोसिएशनले  प्रधानमंत्री नरेंद्र मोदीलाई एउटा पत्र लेखेर  को पत्र एनएमसीएचका कनिष्ठ चिकित्सकहरुको मनोदशाप्रति ध्यानाकर्षण गराएको छ ।

 पीपीई किट, एन(९०) मास्क अभावलाई मध्यनजर गर्दै राज्य  सरकारले चिकित्सकहरुलाई एचआईवी प्रोटेक्शन किट प्रयोग गर्न निर्देश गरेको थियो । तर भिकित्सकहरुले  एचआईवी प्रोटेक्शन किटले पूर्ण रुपमा अनुहार नछोप्ने र त्यसमा आँखालाई सुरक्षीत राख्न चश्मा समेत नहुने बताएका छन। बिहारमा अहिले सम्म कोरोना भाइरसबाट ९ जना संक्रमीत देखिएका न भने एक जनाको ज्यान गएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.