logo

बिहारमा कोरोना भाइरसको संक्रमण दोश्रो चरणमा, स्थानीयबाट स्थानीयमै संक्रमण फैलिन थाल्यो

      3/29/2020 गते 00 00 मा प्रकाशित     1360   पटक पढिएको

बीरगंज १६ चैत । 
२३ मार्च देखी २१ मार्चको बीचमा बिहारमा  कोरोना भाइरसको संक्रमणको शंकामा ३१ जनाको स्वाबको नमुना परिक्षण भएको थियो  त्यसमा कोरोना संक्रमीतको संख्या शून्य थियो ।  


२२  मार्च देखी २७ मार्चको  वीचको  ६ दिनमा ५ सय ४४  नमुना परिक्षण गरिएको थियो जसमा ९ जनामा कोरोना संक्रमण फेला परेको थियो । त्यस मध्य धरैजना पटनाका थिए । 


पटनामा ४ जना ,मूगेर ३ नालंदा र सीवानका एक एक जना  जना कोरोना संक्रमीत रहेको फेला परेका थिए । यस मध्य चार जना यस्ता थिए जसमा एउटै ब्यक्तिका कारण संक्रमण फैलिएको थियो ।

कतारबाट १२ मार्चमा मुगेर फर्किएका ३८ वर्षिय सेफको किडनीमा समस्या देखिएको थियो । किडनीको उपचारकालागि उहाँलार्इ मुगेर देखी पटनाका बिभिन्न अस्पतालमा भर्ना गरियो ।

 

तर उहाँलाई कही पनि कोरोना संक्रमणको परिक्षणकोलागि सिफारिश गरिएको थिएन । जव ति सेफलाई पटनाको एम्स अस्पतालमा भर्ना गरिएको थियो त्यसको एक दिन पछि मात्र उहाँको स्वाव परिक्षणकोलागि पटना कै  राजेंद्र मेमोरियल रिसर्च इंस्टीट्यूट पठाइएको थियो । रिपोर्ट आउनु भन्दा पहिलानै उहाँको ज्यान गयो । 

मर्नु भन्दा पहिला सेफ ले कम्तिमा ६ दर्जन मान्छेहरुसंग भेटघाट गर्नु भएको थियो । यि सबैको स्वाब परिक्षणकोलागि पठाइएको थियो । जसमध्य ४ जनामा कोरोेना भाइरसको संक्रमण पुष्टि भएको छ ।जस मध्य दुई जना सेफका नातेदार हुन । 

बिहार स्वास्थ्य बिभागका अधिकारीका अनुसार ९ मध्य पाँच मान्छेमा संक्रमण बिदेशबाट आएका संक्रमीत बाट फैलिएको हो । यस प्रकारको संक्रमणलाई स्थानीय संक्रमण भनिन्छ ।जसलाई संक्रमणको दोश्रो चरण पनि भनिन्छ ।बिज्ञहरुका अनुसार यो संक्रमणलाई यही चरणमा रोक्न नसक्ने हो भने यसलाई सामुदायिक स्तरमा फैलनबाट रोक्न मुस्किल हुनेछ ।

बिहारमा दिन दिनै बढीरहेको कोरोना भाइरस संक्रमणका घटनाले त्याहको अवस्था भयावह हुने संकेत गरेको छ । तर बिहार सरकारको तयारी भने चित्त बुझ्दो छैन ।

पर्याप्त आइसोलेशन वार्ड,सुरक्षा उपाय त टाढाको कुरा कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न चिकित्सकहरुले आफूहरुले आधारभूत सुरक्षाका कुराहरु मास्क सेनीटाइजर समेत उपलब्ध नभएको बताएका छन ।

भागलपुरको जवाहर लाल नेहरू चिकित्सा महाविद्यालयका  इन्टर्नले कोरोना भाइरसका  संदिग्ध बिरामीको उपचारकालागि एन ९० मास्क  पर्सनिल प्रोटेक्टिव इक्विपमेंट (पीपीई)को माँग गरेका छन ।

 

 तर अस्पताल प्रवन्धकले लिखित निर्देशन जारी गर्दै बिरामीको उपचारकालागि इंडियन मेडिकल काउंसिल आफ मेडिकल रिर्सचको प्रोटोकल अनुसार एन ९० र पिपीइको आवश्यकता नरहेको बताएका छन । यद्धपी कनिष्ठ चिकित्सकहरुको आक्रोश पछि भने एन ९० मास्क र दुई किट उपलब्ध गराएको छ । 

जवाहर लाल नेहरू चिकित्सा महाविद्यालयका  जूनियर डॉक्टर अमित आनंदले अस्पतालमा लगभग १ सय कनिष्ठ चिकित्सकहरु कार्यरत रहेको बताउनुहुन्छ । यद्धपी उनीहरुको डिउटी आइसोलेशनमा वार्डमा छैन ।इमरजेन्सी र अन्य बिभागमा पनि बिरामीहरु आउछन उनीहरुमा कोरोनाको संक्रमण छ या छैन हामी जानदैनौ त्यसैले संक्रमणको खतरा रहन्छ ।


बिहार सरकारका तर्फबाट कोरोना अस्पताल घोषित गरिएको नालंदा मेडिकल कॉलेज एवं अस्पताल (एनएमसीएच)का ८३ कनिष्ठ चिकत्सिकले यस भन्दा अघिनै २३मार्चमा अस्पताल ब्यवस्थापकलाई पत्र लेखेर दुई हप्ताकोलागि आफूहरुलाई क्वारेन्टाइनमा राख्न माँग गरेका थिए । 

एनएमसीएचमा कोरोना भाइरसबाट संक्रमीत ७ जनालाई भर्ना गरिएको  छ । जव की १ सय बिरामीका भाइरसको लक्षण देखिएको छ ।

 

चिकित्सकहरुले अस्पताल ब्यवस्थापनका तर्फबाट आफूहरुलाई मास्क सेनीटाइजर र पिपीई दिइएको छैन जसका कारण  कोरोना भाइरसबाट संक्रमीतहरुको उपचार गर्दा  आफूहरुमा पनि संक्रमणको लक्षण देखा पर्न थालेको बताएका छन ।

२३ मार्चको पत्रको  जवाफ नपाएपछि २५ मार्चमा कनिष्ठ चिकित्सकहरुले स्वास्थ्य बिभागका प्रमुख सचिवलाई पत्र लेखेका थिए । १५ जनवरी पछि बिहारमा  १६ हजार ६ सय ४७ ब्यक्तिहरु हवाईसेवा प्रयोग गरेर बाहिर बाट आएको बताइन्छ ।

 

यस मध्य धेरै सख्या बिहार सरकारको पहिचान भन्दा बाहिर रहेको छ । बिदेशबाट आएका सैयौ ब्यक्तिको पहिचान हुन नसक्नु नै ठुलो चुक हुन गएको बिज्ञहरुले टिप्पणी गरेका छन । मूगेरका सभिलि सर्जन डा. पुरुषोत्तम कुमारका अनुसार सेफ जव कतारबाट फर्किएका थिए त्यतीबेला  सरकारको तर्फबाट हामीलाई त्यस्तो कुनै निर्दैश आएको थिएन ।

 

सेफको रिर्पोट पोजिटिभ आएपछि गाउँलाई नै सील गरिएको उहाँले बताउनु भयो । र गाँउमा प्रशासनले सबै किसिमको सुविधा उपलब्ध गराएको उहाँले बताउनु भयो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.