logo

भारतमा मुम्बई बन्दैछ कोरोना भाइरस संक्रमणको इपिसेन्टर

      4/7/2020 गते 00 00 मा प्रकाशित     1681   पटक पढिएको

नयाँ  दिल्ली २६ चैत ।

भारतको आर्थिक राजधानी भनेर चिनिएको मुम्बई अहिले कोरोना भाइरस संक्रमणको थलो बन्दै गएको छ। अहिलेसम्म  महाराष्ट्रमा कोरोना भाइरस संक्रमित बिरामीको  संख्या १ हजार १८ पुगेको छ । ६४ जनाको ज्यान गइसकेको छ ।

 

७९ उपचार पछि ठिक भएका छन ।  मुम्बई पछि तामिलनाडु र त्यसपछि दिल्लीमा संक्रमणको संख्या अधिक छ । भारतमा  ५ हजार ३ सय ५१ जना संक्रमीतको संख्या पुष्टि भएको छ । 

मुब्वईमा करिब ५ हजारलाई क्वारेन्टिमा राखिएको छ । महाराष्ट्रमा मेडिकल टिम क्लष्टर‚ नियन्त्रण एक्शन प्लानमा काम गरिहेको छ।

 

यसले सर्वेक्षण पनि सँगै गरिरहेको छ। अहिलेसम्म राज्यमा  भने ४२ हजार ७ सय १३ जना होम क्वारेनटाइनमा र १ हजार ९ सय १३ जना सरकारको रेखदेखमा क्वारेनटाइनमा रहेका छन्। मुम्बईमा कामकालागि कयौं विदेशी आउने गर्दछन् भने मुम्बईका जनता पनि कामका लागि बाहिर जाने गर्दछन्।

यी यात्रीकै कारण मुम्बईमा मार्चमा कोरोना संक्रमित एक व्यक्ति फेला पर्‍यो। सो व्यक्तिले नै पुरै मुम्बईमा फैलाएको पाइएको छ।

 

कोरोना संक्रमण रोक्न महाराष्ट्र सरकारले मुम्बईलाई लकडाउन घोषणा गरेको छ। यहाँ दैनिक हजारौं मजदुर रेल र सार्वजनिक यातायातमा काम गर्दथे। रेल र सार्वजनिक यातायात मार्फत आउने जाने मानिसहरु पनि मुम्बईमा अहिले अलपत्र परेका छन्।

उनीहरुमा पनि कोरोना फैलने सम्भावना बढेको  छ। मुम्बईमा १७ मार्चबाट आंशिक लकडाउन गरिएको थियो भने पूर्णरुपमा २३ मार्चदेखि गरिएको थियो।

जब सरकारले स्किनिङ बढायो त्यसबेला उक्त क्षेत्रमा कोरोना भाइरस फैलिसकेको थियो। राज्य सरकार र बिएमसीका लागि मुख्य चिन्ता झुपडी बस्तीमा कोरोना फैलनेप्रति रहेको छ।

 

घना बस्ती रहेको उक्त क्षेत्रमा कोरोना फैलिएमा नियन्त्रण गर्न कठिन हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन्। राज्य सरकारले यही कुराको ख्याल गर्दै केही क्षेत्रमा नियन्त्रण जोन बनाउने घोषणा गरेको छ। 

भारतमा गलत जानकारीका कारण पनि गरीबहरुको बस्तीमा कोरोना भाइरस फैलिएको पाइएको छ। बिएमसीका सहायक कमिश्नरले यहाँका मानिसले सामाजिक दूरी कायम नर्गने र सेल्फ आइसोलेनमा नबस्ने कारण समस्या भएको बताउनु भयो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.