logo

भारतीय नागरिकको जीन्दगीको अगाडि अर्थिक क्षतीको कुनै तुलना हुदैनः प्रम मोदी

      4/14/2020 गते 00 00 मा प्रकाशित     1487   पटक पढिएको

नयाँ दिल्ली २ बैशाख । 
भारत सरकारले लकडाउनको अवधी बढाएको छ ।  मे महिनाको ३ तारिख अर्थात बैशाख २१ गते सम्मकालागि लकडाउनको अवधी बढाएको हो ।

 

भारतमा १० हजार ५ सय ४१ जना कोरोना भाइरसका संक्रमीत फेला परेको छ । संक्रमीतहरु फेला पर्ने क्रम दिन प्रतिदिन बढदो क्रममा छ । भारतमा अहिले सम्म ज्यान जानेको संख्य ३ सय  ५८ पुगेको छ । अहिले सम्म भारतमा १ हजार २ सय ५ जना उपचार पछि घर फकिएका छन ।


महाराष्ट्र कोरोना भाइरसको इपिसेन्टर बनेको छ त्याहा २ हजार ३ सय भन्दा बढी संक्रमीत फेला परेका छन । तेश्रो स्थानमा रहेको दिल्ली अव संक्रमीतहरु धेरै फेला परेको दोश्रो शहर बनेको छ ।

 

दिल्लीमा  १ हजार ५ सय १० जना संक्रमीत फेला परेका छन । तामिल नाडुमा १ हजार १ सय भन्दा बढी फेला परेका छन भने राजस्थानमा ९ सय जना संक्रमीत फेला परेका छन ।

 

नेपालको सीमा जोडिएको बिहारमा ६६ पश्चिम बंगालमा १ सय ९० उत्तरप्रदेशमा ५ सय ५८ र उत्तराखण्डमा ३५ जना संक्रमीतहरु फेला परेका छन ।

संक्रमण बढदै गएपछि त्यसको जोखिमलाई मध्यनजर गर्दै आगामी मे महिनाको ३ तारिख सम्म वैशाख २१ गते सम्मका लागि लकडाउन बढाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्न लकडाउनको अवधि बढाइएको बताउनु भयो  ।

सबै राज्य सरकार र जनताको सुझावअनुसार ३ मे सम्मका लागि लकडाउन बढाउने निर्णय गरिएको प्रधानमन्त्री मोदीले बताउनु भयो ।

‘लकडाउनबाट देशलाई धेरै फाइदा मिलेको छ । मात्र आर्थिक कोषबाट हेर्दा यो धेरै महङ्गो बनेको छ,’ मोदीले भन्नु भयो , ‘भारतबासीको जिन्दगीको अगाडि यसको कुनै तुलना हुन सक्दैन ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.