logo

मुसलमान बिरुद्ध फैलाइएको अफवाहका कारण कुनै घटना हुन नदिन अहमदावाद प्रहरीको सर्कुलर

      4/18/2020 गते 00 00 मा प्रकाशित     1591   पटक पढिएको

बीरगंज ६ बैशाख।

गुजरातको अहमदाबाद सिटी पुलिसले हालै आफना मातहतलाई एउटा सर्कुलर पठाएको छ । त्यसमा आफनो क्षेत्रमा फैलीरहेको अफवाहका कारण सर्तक हुनु  ताकी कुनै अप्रिय घटनाहरु नओउन । उसले यस्तो सर्कुलर आफना मातहतमा रहेका सबै थानमा पठाएको छ । 
 
प्रहरी बिभागले हालै मुस्लिम समुदायका बिरुद्ध घृणा उत्पन्न गर्ने खालका सन्देशहरुलाई बढावा दिइरहेको पाइएको निष्कर्ष निकालेकोे बिबिसीले जनाएको छ । 

 


दिल्लीको  निज़ामुद्दीन इलाकामा लकडाउन भन्दा पहिला भएको तबलीगी जमातको एउटा कार्यक्रममा संयौ ब्यक्तिहरु जुटेका थिए । जस मध्य  केही मान्छेमा कोरोना भाइरसको संक्रमण  फेला परेको थियो । त्यती बेला देखी ने सामाजिक संजालमा अनेक प्कार भ्रम र भडकाउ सन्देश शेयर भइरहेको छ ।

 

 तब्लीगी जमातसंग जोडिएर कोरोना भाइरसको संक्रमणका मामला सार्वजनीक भएपछि नै प्रशासनले यस्तो हुन सक्ने आशंका जनाएको थियो ।

 

 निजामुद्धिन इलाकामा भएको तब्लीगी जमातमा सहभागि भएर फर्किएका मान्छेहरुका कारण  कोरोना अन्य राज्यमा फैलन सक्ने कुराको पूर्व अनुमान प्रशानसले गरेकै थियो । त्यसैले अहिले पनि कन्टयाक्ट ट्रेसिङका माध्यमले उनीहरुको पहिचान आद्धपी भइरहेको छ जसबाट कोरोना भाइरसको संक्रमणको खतरा छ । 

अहमदावाद प्रहरीको स्पेहल ब्रांका ज्वाइन्ट कमिशनर   परमवीर सिंहले देश यसै पनि मुस्किल अवस्थामा  छ  यस्तो अवस्थामा तनाव बढने कुनै घटना हामीलाई चाहिएको छैन त्यसै कारण प्रहरीलाई हाई अर्लट गरिएको बताउनु भयो ।

 

धर्मको आधारमा कसैलाई दुःख दिएको घटना  सार्वजनीक नभएपनि मुस्लिम बिरुद्ध प्रसार भएको सन्देशका कारण दुई समुदायकावीचमा दीर्घकालीन असर देखिने मुस्लिम समुदायका अगुवा मान्दछन।  

दिल्लीको निजामुद्धिन मकरजबाट १५ मार्चमा धेरै मान्छे फर्किसकेका थिए । केही मान्छे २२ मार्च सम्म रहे जो पछि लकडाउनका कारण उनीहरु त्यही रोकिए ।

 

वडोदराको एमएस यूनिवर्सिटीका प्रोफ़ेसर जेएस बंदूकवालाका अनुसार प्रहरीले आफनो काम गर्दै थियो तर मिडियाले स्थितिलाई तनावपूर्ण बनाइदियो । त्यो घटना पछि कोरोना भाइरस संक्रमणको पूर्ण फोकस मुस्लिम समुदायमा सिफ्ट  भयो ।

मरकजमा कोही थियो भने उसले आफनो बाध्यता बताइरहेको थियो ठिक छ उनीहरुले गल्ती नै गरे त्यसको सजाय पुरै समुदायलाई दिनु ठिक हो र ?

 

दिल्ली की सामाजिक कार्यकर्ता शबनम हाशमी तब्लीग़ी जमातको बिचारधारा नै बेठीक ठान्नुहुन्छ । त्यसका बिरुद्ध बोल्ने र प्रर्दशन समेत गरिसक्नु भएको छ । यो घटना पछि कोरोना भाइरसंको संक्रमण फैलाउने आरोप सिगो समुदायलाई लगाउने कुरालाई उहाँले ज्यादती ठान्नु भएको छ । उहाँका अनुसार यस्तो ब्यवहारले मेहनतकश मुस्लिम युवाहरुकालागि रोजगारको अभाव हुन्छ र उनीहरु दूर्भावनाका शिकार हुने अवस्था आउछ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.