logo

भ्रष्टाचार गरेको पाइएपछि पंजावका मुख्यमंत्रीले आफनै स्वास्थ्यमंत्रीलाई गरे बर्खास्त

 इसीमाना सम्बाददाता      २०७९ जेठ १० गते ०५: १० मा प्रकाशित     1084   पटक पढिएको

बाँया बाट पंजावका मुख्यमंत्री भगवत मान र बर्खास्तमा परेका डा.सिंगला

पंजाबका मुख्यमंत्री भगवंत मानले अप्रत्याशित रुपमा आफनै क्याविनेटका स्वासथ्यमंत्रीलाई मंगलवार बर्खास्त गरेका छन । स्वास्थ्यमंत्री डा. बिजय सिंगलालाई उनले बर्खास्त गरेका हुन ।

 

भ्रष्टाचार गरेको ठोस प्रमाण पेला परेपछि मुख्यमंत्रीले यस्तो कमद उठाएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन ।


स्वास्थ्यमंत्रीले टेण्डर बितरण र स्वास्थ्य बिभागको सामान खरीदमा कमिशन माँग गरेका थिए । मंत्री बाट बर्खास्त भएका सिंगलालाई पंजाव प्रहरीको भ्रष्टाचार बिरोधी शाखाले आफनो नियन्त्रणमा लिएको छ ।

समाचार वेबसाइट एनडीटीवीको रिपोर्ट अनुसार, करिव १० दिन पहिला मंत्रीका बिरुद्ध मुख्यमंत्रीको हातमा उजुरी परेको थियो । मंत्री बिरुद्धको उजुरी पछि मुख्यमंत्री भगवंत मानले यस्तो कदम उठाएका हुन ।

 

मुख्यमंत्रीले आफनो मंत्रीपरिषदको सदस्यलाई यति कडा कारवाही गरेको भारतीय राजनीतिको इतिहासमा यो दोश्रो घटना हो । यो भन्दा पहिला दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले आफनै क्याविनेटका एक मंत्रीलाई बर्खास्त गरेका थिए ।

 

एक सरकारी कार्यालयका अधिकारीले मंत्रीले भ्रष्टाचार गरेको भन्दै मुख्यमंत्री कार्यालयमा उजुरी गरेका थिए । तिनै अधिकारीको सहयोगमा गरिएको अनुसन्धानमा मंत्री र उनका नजिकका मान्छेले १ प्रतिशत कमिशन माँग गरेको पुष्टि भएको थियो ।

 

कॉल रिकॉर्डिंग र अन्य सबुत प्रमाण संकलन पछि मुख्यमंत्रीले मंत्री बर्खास्त गर्दै सरकारी कर्मचारीलाई भ्रष्टाचार सहन नगरिने समेत सन्देश दिएका छन ।

पार्टीका अध्यक्ष एवं दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले भगवंत मानको प्रशंसा गरेका छन । उनले द्विट गर्दै भनेका छन भगवंत माथि गर्व छ तपाइृको कारावहीले मेरो आँखामा आँसु ल्यायो । पुरा देश आज तपाई माथि गर्व गरिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.