logo

पूर्व तयारीमा एनआरएनए पोल्याण्ड,  आपतकालिन कोष सहित सर्वपक्षीय समिति निर्माण

      4/22/2020 गते 00 00 मा प्रकाशित     1468   पटक पढिएको


पोल्याण्ड/वारसा  १० बैशाख ।
एनआरएनए पोल्याण्डले यहाँ रहेका  नेपालीहरुको लागि कोरोनाको समस्यामा राहत र सहयोग गर्ने  उद्देश्यले तीस हजार ज्लोतीको कोष सहित सर्वपक्षीय आपतकालिन समिति बनाएको छ ।

कोरोना (कोभिड १९) को संक्रमणले विश्वमा रहेका नेपालीहरुलाई समस्या पारिरहेको अबस्था छ तर  पोल्याण्डमा रहेका कोही पनि  नेपालीहरु अहिले सम्म संक्रमित भएको समाचार छैन।

 

भविष्यमा सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए पोल्याण्डले  तीस हजार रकमको  कोष सहित राहत तथा जनचेतना आपतकालिन समितिको निर्माण गरेको छ।

 

एनआरएनए पोल्याण्डका  अध्यक्ष नरेश सापकोटा संयोजक रहेको समितिमामा गोपाल राई, डाक्टर उदयदेव आचार्य,प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टंक कटुवाल, जनसम्पर्क समिति सभापति डाक्टर अलिनी सुवेदी पोख्रेल,इनास अध्यक्ष रिता न्यौपाने, गुल्मी समाजका अध्यक्ष प्रकाश तिवारी, शेर्पा समाजका कार्यवाहक  अध्यक्ष सोनाम शेर्पा र विद्यार्थी प्रतिनिधि अभिनाश डंगोल सदस्य रहेका छन् ।त्यसैगरी सल्लाहकारमा डाक्टर बोधराज सुवेदी र मित्रलाल पार्देलाई राखिएको छ ।

पोल्याण्डमा यस अघि एनआरएनए पोल्याण्डले आन्तरिक समिति गठन गरेर नेपालीहरुलाई मास्क ,स्यानीटाइजर बितरण तथा कोरोना संक्रमणबाट बच्ने उपायहरुको बारेमा जानकारी गरएको एनआरएनए प्रथम उपाध्यक्ष जीवन के.सी.लो बताउनु भयो ।

 

एनआरएनए पोल्याण्डले सबै नेपालीको अभिाभावकीय भूमिका निर्वाह गर्दै समस्यामा रहेका नेपालीहरुलाई यदि कुनै  समस्या भए सूचना गर्न पदाधिकारीको टेलिफोन नम्बर सहित अपिल गरिसकेको उहाँले बताउनु भयो ।

 

उहाँले सस्तो लोकप्रियता,व्यक्तिगत महत्वकांक्षा र आग्रह पूर्वाग्रहमा एनआरएनए नलाग्ने र अरु कसैलाईपनि नलाग्न अनुरोध गर्नु भयो ।

पोल्याण्डमा रहेका नेपालीहरुलाई कोरोना भाइरसको कारणले कुनै समस्या परेमा एनआरएनए पोल्याण्ड वा यो समितिमा खबर गरे आफूहरुले अभिभावकीय भूमिका निर्वाह गर्ने सधैं तत्पर रहेको उहाँले प्रष्ट पार्नु भयो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.