logo

भारतमा अल्पसंख्यकको अधिकारको रक्षा नगरे विभाजन आउन सक्ने ओवामाको टिप्पणी, भाजपा आक्रोशित

 द वायर     २०८० असार १२ गते ०३: ०२ मा प्रकाशित     684   पटक पढिएको

दिल्ली । अमेरिकी राष्ट्रपती जो वाइडेनको निमन्त्रणामा भारतीय प्रधानमंत्री नरेन्द्र मोदी अमेरिकाको राजकीय भ्रमण रहेकै बेलामा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले भारतमा अल्पसंख्यकको अधिकारको बिषयमा दिएको अभिब्यक्तिले भारतमा तरंग सृजना  गरेको छ ।

 

भारतीय जनता पार्टीका नेताहरु ओवामाको अभिब्यक्तिका बिरुद्ध खरो आलोचनामा उत्रिएका छन । 

ओबामाले अमेरिकी सञ्चार माध्यम सीएनएनसँगको अन्तर्वार्तामा भारतले अल्पसंख्यकको अधिकारको रक्षा नगरेमा फेरि विभाजन आउन सक्ने टिप्पणी गरेका थिए । उनले सत्तारूढ दलका नेताहरूलाई अनुदार लोकतन्त्रवादीको संज्ञा दिएका थिए ।


पूर्व राष्ट्रपती ओवामाले मैले प्रधानमन्त्रीसँग संवाद गरेको हुन्थे भने मेरो संवादको अंश यो हुने थियो कि भारतले अल्पसंख्यकको अधिकारको प्रत्याभूति नगरेमा कुनै विन्दुमा पुगेर भारतमा फेरि विभाजन देखिनेछ । तर मलाई थाहा छ यसो भन्नु भारतीय स्वार्थको विपरीत हुनेछ’ भनेका छन ।
पूर्व राष्ट्रपतिको यो अभिब्यक्तिले भारतीय जनता पार्टीलाई आक्रोशित बनाएको छ । भारतको अर्थमंत्री निर्मला सीतारमणले ओवामाको अभिब्यक्तिको आलोचना गरेकी छिन ।

 

उनले जव ओवामा अमेरिकाको राष्ट्रपति थिए ६ भन्दा बढी मुस्लिम बहुल देशमा २६ हजार भन्दा बढी बम हमला गरिएको बताउदै ओवामाको दावीप्रति बिशवास गर्न नसकिने बताइन ।

 

सीतारणले भारतमा धार्मिक स्वतन्त्रता माथि ओवामाको टिप्पणीका बाबजुद अमेरिकासंगको मित्रता महत्वपूर्ण रहेको भन्दै उनले आफूलाई रोकेको बताइएन ।

२२ जुनका दिन भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडनका साथमा संयुक्त पत्रकार सम्मेलन मार्फत भारतमा धर्म, जाति आदिको आधारमा कुनै भेदभाव नरहेको बताएका थिए ।

ओबामाको अभिब्यक्तिको बिरुद्धमा पहिला असमका मुख्यमंत्री हिमंता बिस्वा शर्माले आलोचना गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.