logo

भारतको मणिपुरमा हिंसा जारी हजारौ बिस्थापित ,दर्जनौको ज्यान गयो

 भारतीय संचारमाध्यम     २०८० सावन ३० गते ०४: ०१ मा प्रकाशित     757   पटक पढिएको

नयाँ दिल्ली । मणिपुर सरकारले सरकारले ‘पृथकतावादी, राष्ट्रविरोधी, साम्प्रदायिक र विभाजनकारी एजेन्डालाई अगाडि बढाउने’ सामाजिक सञ्जाल समूहबाट बाहिरिन सबै कर्मचारीलाई आग्रह गर्दै एक वर्ष पुरानो आदेश पुनः जारी गरेको छ ।


उक्त आदेशमा हिंसाग्रस्त राज्यमा अशान्ति सृजना गर्ने वा भड्काउने प्रयास गर्ने जो कोहीलाई पनि अनुशासनात्मक कारबाही गर्ने चेतावनी दिइएको छ।


टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार पछिल्लो निर्देशन सर्वोच्च अदालतले “आधिकारिक पदमा बसेका व्यक्तिहरूलाई कुनै विशेष समुदायको उत्तेजक वा भड्काउ टिप्पणी गर्नबाट रोक लगाउने माग गर्दै झोमी स्टुडेन्ट्स फेडरेसनले दायर गरेको निवेदन गरेको थियो । जारी द्वण्द्वमा कुनै समुदायलाई उक्साउने वा भडकाउने कुराको रोक लगाउन माँग गरिएको थियो ।

 


मणिपुर सरकार मोबाइल इन्टरनेट र अन्य प्लेटफर्महरूमा चलिरहेको प्रतिबन्धले सामाजिक सञ्जालमा नक्कली समाचार, घृणापूर्ण टिप्पणी र उत्तेजनाको लहरलाई रोक्न असफल भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले गत वर्ष जुलाईमा जारी गरेको तथ्याङ्कअनुसार राज्यमा मे ३ तारिखमा पहिलो पटक कुकी र मेइतेई समुदायबीच जातीय हिंसा भड्किएपछि दर्जनौं मानिस मारिएका छन्।

 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जुलाई महिनामा सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे ३ तारिखमा पहिलो पटक राज्यमा कुकी र मेइतेई समुदायबीच जातीय हिंसा भड्किएपछि १८१ जनाको ज्यान गएको छ, जसमध्ये बढी कुकी समुदाय रहेका छन् । कुकी समुदायका १ सय ८१ जनाको ज्यान गएको छ भने मेइतेई समुदायका मृत्यु हुनेको संख्या ६२ रहेको छ । अहिलेसम्म राज्यबाट झण्डै ५० हजार मानिस विस्थापित भएको बताइएको छ ।

 

मेइती समुदायले मणिपुरमा अनुसूचित जनजाति (एसटी) को दर्जा दिनुपर्ने मागको विरोधमा पहाडी जिल्लाहरूमा गत मे ३ मा ‘आदिवासी एकता मार्च’ ५३ प्रतिशत जनसंख्या मेइतेई समुदायको हो र उनीहरु मुख्यतया इम्फाल उपत्यकामा बस्छन्। जनजाति ( नागा र कुकी जनसंख्याको ४० प्रतिशत छन् र उनीहरु पहाडी जिल्लाहरूमा बस्छन्।

 

मणिपुरमा मेइती समुदायले अनुसूचित जनजाति (एसटी) को दर्जा दिनुपर्ने मागको विरोधमा गत मे महिनामा पहाडी जिल्लाहरूमा “आदिवासी एकता मार्च”आयोजना गरेपछि सुरु भएको झडप हिंसात्मक बनेको थियो र अझै जारी छ।

 

मणिपुरको जनसङ्ख्याको ६ प्रतिशत मेइती समुदायका छन् र तिनीहरू मुख्यतया इम्फाल उपत्यकामा बस्छन्। जनजाति ९नागा र कुकी० जनसंख्याको २।२ प्रतिशत छन् र पहाडी जिल्लाहरूमा बस्छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.